कीवर्डहरू -

भायानेटले सञ्चालनमा ल्यायो भाइबर च्याटबट सेवा

भायानेटले सञ्चालनमा ल्यायो भाइबर च्याटबट सेवा

इटरनेट सेवा प्रदायक कम्पनी भायानेटले भाइबर च्याटबट सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई सजिलै सेवा प्रदान गर्न भायानेटले भाइबर च्याटबट ल्याएको हो ।

भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञासा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्ने कम्पनीले जनाएको छ ।

भायानेटको कुनै पनि सेवाको बिलसम्बन्धी जिज्ञासा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबटमार्फत तुरुन्तै पाउन सक्ने छन् ।