कीवर्डहरू -

क्यान महासंघको जिल्ला शाखा तेह्रथुममा विस्तार

क्यान महासंघको जिल्ला शाखा तेह्रथुममा विस्तार

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले तेह्रथुममा आफ्नो शाखा विस्तार गरेको छ । क्यान महासंघले आफ्नो शाखा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत तेह्रथुममा जिल्ला शाखा विस्तार गरेको हो ।

सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत व्यक्ति तथा व्यवसायीहरुको प्रथम जिल्ला भेलाले रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको ५ सदस्यी प्रबन्ध समिति बनाइएको छ । प्रबन्ध समितिको सदस्यहरुमा बिरेन्द्र ढकाल, दीपिन भण्डारी, बिकाश श्रेष्ठ र हरि राज खत्री रहेका छन् ।