कीवर्डहरू -

स्पटलाईट फिचरले स्न्यापच्याटका प्रयोगकर्ता बढे, आम्दानीमा पनि छलाङ

स्पटलाईट फिचरले स्न्यापच्याटका प्रयोगकर्ता बढे, आम्दानीमा पनि छलाङ

स्न्यापच्याट आईओएसभन्दा एन्ड्रोइड प्रयोगकर्ताले बढी प्रयोग गर्ने गरेको पाइएको छ । एन्ड्रोइड एपमा भएको स्पटलाईट फिचरले गर्दा धेरै प्रयोगकर्ताहरु आर्कषित भएको पाइएको हो ।

स्नापच्याटले २०२१ को सुरुवातमा १५ मिलियन प्रयोगकर्ता थप्न सफल भएको थियो । साधारणतया एपको २८० मिलियन दैनिक प्रयोगकर्ता रहेका छन् ।

एन्ड्रोइडमा आईओइस भन्दा बढी प्रयोगकर्ता भएको यो पहिलो पटक हो । पहिले स्न्यापच्याट एन्ड्रोइड भर्सनमा धेरै बगहरु रहेका थिए तर स्नापच्याटले सुधारेपछि अहिले धेरै परिवर्तन भएको छ ।

टिकटक जस्तै भिडियो बनाएर पैसा दिने स्पटलाईट फिचर धेरै प्रयोगकर्ताक माझ रोचक र लोकप्रिय बनेको छ । स्पटलाईट फिचर १२ देशहरुमा उपलब्ध रहेको छ । मार्चदेखि यसको मासिक १२५ मिलियन प्रयोगकर्ता रहेका छन् ।

यो फिचर आएदेखि प्रयोगकर्ताहरुको सङ्ख्या ४० प्रतिशतले वृद्धि भएको छ । स्न्यापच्याटको एक क्वाटरमा ७७० मिलियन डलरले आम्दानी बढेको छ, जुन भनेको गत वर्ष भन्दा ६६ प्रशितले बढी हो ।