कीवर्डहरू -

अब युट्युबमा फोरकेको क्वालिटीमा भिडियो हेर्न सकिने

अब युट्युबमा फोरकेको क्वालिटीमा भिडियो हेर्न सकिने

युट्युबले प्रयोगकर्ताहरुलाई अब भिडियो स्ट्रिमिङ क्वालिटी अझै राम्ररी नियन्त्रण गर्न दिने भएको छ । युटयुबले प्रयोगकर्ताहरुका लागि केही नयाँ अप्सनहरु ल्याएको छ ।

यो एक सर्भर अपडेटको रुपमा आएको हो । यसमा अब चार ओटा स्ट्रिमिङ क्वालिटी अप्सन हुनेछन् । पहिलो अटो जसले इन्टरनेटको ब्याण्डविथ अनुसार भिडियो स्ट्रीमिङ क्वालिटीलाई निर्धारण गर्छ ।

त्यसपछि अर्काे हुनेछ हाईअर पिक्चर क्वालिटी जसले राम्रो क्वालिटी र रिजोलुसनमा भिडियो स्ट्रीम गर्न दिन्छ । अर्काे अप्सनमा डेटा सेभर रहनेछ जसले कम डेटा प्रयोग गरेर कम रिजोलुसनमा भिडियो हेर्न दिनेछ ।

अन्तत एडभान्सड भन्ने अपसनले आफूलाई जुन मनपर्‍यो त्यही रिजोलुसनमा भिडियो हेर्न दिनेछ । यसमा फोरके सम्मको अप्सन छान्न सकिन्छ ।