कीवर्डहरू -

नेपाल टेलिकमको डाटा, भ्वाइस, तथा एसएमएस प्याक अब खल्तीबाटै खरिद गर्न सकिने

नेपाल टेलिकमको डाटा, भ्वाइस, तथा एसएमएस प्याक अब खल्तीबाटै खरिद गर्न सकिने

नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएकाे छ ।

खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूकाे माेवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ ।

नेपाल टेलिकमकाे प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गइ चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिने छ । यसरी नेपाल टेलिकमकाे विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउने छन्  ।

नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच यस सम्बन्धि सम्झाैता भएकाे छ । सम्झाैतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका हुन्।

खल्तीका सहायक प्रबन्धक जाेनाम भूर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमकाे डाटा प्याकलाइ माेबाइल एपमै ल्याएका बताउँछन् ।

‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीहरुको लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उनले भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरुलाई र डायल गर्नुपर्ने विभिन्न काेडले गर्दा झण्झट मान्नेहरूलाई समेत सजिलाे भएकाे छ ।’

नेपाल टेलिकमका १२ देखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन् ।