कीवर्डहरू -

टेकसाथी तेस्रो वर्षमा

टेकसाथी तेस्रो वर्षमा

टेक्नोलोजी पोर्टल टेकसाथीले स्थापनाको दोस्रो वर्ष पुरा गरेको छ। स्थापनाको छोटो समयमै लोकप्रिय बन्न सफल टेकसाथी तेस्रो वर्षमा प्रवेश गरेको हो।

तेस्रो वर्ष प्रवेशको अवसरमा कम्पनीले यसै वर्षदेखि विद्यार्थी, नवप्रवर्तन व्यवसायी र युवा उद्यमीलाई लक्षित गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

टेकसाथीले सूचना प्रविधि सम्बन्धि गतिविधि आम पाठकसामू पुर्‍याउँदै आएको छ। त्यस्तै, यस कम्पनीले सूचना तथा प्रविधि समाचार, प्रविधि बजारको अवस्था, विभिन्न प्राविधि उपकरणहरूको समीक्षा र नवप्रवर्तन व्यवसायको सफलताका विषयमा समाचार एवं जानकारी सम्प्रेषण गर्दै आएको छ।

नेपाली बजारमा उपलब्ध हुने नयाँ प्रविधि, उपकरण र तिनीहरूको उपयोगिताबारे पाठकलाई सबैभन्दा पहिले टेकसाथीले जानकारी गराउने गरेको छ।

नेपालमा नवीन व्यवसाय गर्नेको संख्या बढिरहेको अवस्थामा टेकसाथीले उनीहरूको बलियो समर्थकका रूपमा आफूलाई अघि सारेको कम्पनीले जनाएको छ। ‘टेकसाथीले नेपालमा उद्यमशीलता विकास गर्न चाहने सबैका लागि आफूलाई बलियो समर्थक बनेर उभ्याएको छ,' कम्पनीले भनेको छ।

यसका अतिरिक्त नेपाली ब्राण्ड, नवप्रवर्तन व्यवसाय र उनीहरूका गतिविधि एवं नेपाली उत्पादनको प्रवर्द्धनमा पनि टेकसाथीले आफूलाई उभ्याएको छ। नेपालमा सूचना प्रविधिको क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रम एवं कार्यशालाको जानकारी पनि टेकसाथीले दिँदै आएको छ।

यसका साथै कम्पनीले एशियाको सबैभन्दा ठूलो सूचना प्रविधि सम्मेलन एडिएपिटी कन्भेन्सनको सहआयोजकको रूपमा पनि काम गरिसकेको छ।

कम्पनीले विभिन्न ह्याकाथन एवं सूचना प्रविधिसँग सम्बन्धित गतिविधिमा आफूलाई साझेदारका रूपमा पनि पटकपटक प्रस्तुत गरिसकेको छ।