कीवर्डहरू -

ओप्पो एफ १९ प्रोलाई लोकप्रिय बनाउने यी हुन् ३ फिचर

ओप्पो एफ १९ प्रोलाई लोकप्रिय बनाउने यी हुन् ३ फिचर

ओपोले केही समय अगाडी मार्च महिनामा आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १९ प्रो नेपालमा सार्वजनिक गरेको थियो । छोटो अवधिमै बजारमा लोकप्रियता पाएको फोनमा विभिन्न आकर्षक फिचर रहेका छन् ।

कम्पनीका अनुसार ओप्पोमा भएका ३० वाट भोक फ्ल्याश चार्ज ४.०, कलर ओएस ११, डुअल भ्यू भिडियो लगायतका फिचरले गर्दा एफ १९ को लोकप्रियता बढेको छ । उक्त फिचरको बारेमा आज जानकारी दिदै छौं ।

उत्कृष्ट फोटोग्राफी, आकर्षक भिडियोज्

एफ १९ प्रोमा ४८ मेगापिक्सेल मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८ मेगापिक्सेल अल्ट्रा वाइड एंगल क्यामेरा, २ मेगापिक्सेल माक्रो क्यामेरा र २ मेगापिक्सेल मोनो क्यामेराका साथमा काम गर्छ ।

प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्छ । यही कुरालाई दृष्टिगत गर्दै फोनमा ३२एमपी फ्रण्ट(फेसिङ क्यामेराको प्रयोग गरिएको छ । उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले राम्रो ब्यवस्था गरेको छ ।

एफ १९ प्रोमा भिडियोलाई आकर्षक देखाउन एआई कलर पोट्रेट भिडियोलाई परिस्कृतिकरणका साथ भिडियोमा प्रयोग गर्न मिल्ने तरिकाले उपलब्ध गरिएको छ ।

फोटोग्राफी भ्यारियण्टमा एआई कलर पोटे«ट भिडियोले, भिडियो शटको मान्छे पहिचान गरे जस्तै एफ१९ प्रोले ब्याकग्राउण्डका मानिसलाई बुद्धिमताका साथ छुट्याउँछ ।

साथै शटमा रहेको मानिसलाई चहकिला रंगले हाइलाइट गर्दै ब्याकग्राउण्डमा मोनोटोन ब्ल्याक वा ह्वाइट फिल्टरको प्रयोग मार्फत पोट्रेटको विषयलाई झल्किन सघाउँछ ।

रंग मार्फत आफ्नो रचनात्मकता भिडियोद्वारा प्रदर्शित गर्न चाहनेहरुका लागि ओपो एफ १९ प्रोमा मोनोक्रोम भिडियो फिचर पनि उपलब्ध छ ।

यसले कुनैपनि शटमा सिंगल आरजीबी रंगलाई बढावा दिनुका साथै अन्य रंगका प्यालेट्स फिल्टरआउट गरी फुटेजमा नाटकियपन ल्याउँछ ।

फोन मार्फत आफ्ना दैनिकी रेकर्ड गर्न रुचाउने भ्लगर्सका लागि ओपोले दूई दृष्टिकोण एकै पटक कैद गर्न सघाउने डुअल भ्यू भिडियो फिचर पनि सार्वजनिक गरेको छ ।

यसको सहायताले एकै साथ फ्रण्ट र रियर क्यामेरा मार्फत भिडियो खिच्न सकिन्छ । साथै कन्सर्ट लगायत समारोहका शट्समा स्थिरता दिन वा चहलपहलका कारण भिडियो बिग्रिने सम्भावनाबाट जोगाउन यसमा ईआईएस फिचर पनि दिइएको छ ।

फोटोमा उत्कृष्टताका लागि ओपोले डायनामिक बोके, नाइट फ्लेयर पोट्रेट लगायत ईफेक्टहरु पनि फोनमा उपलब्ध गराएको छ ।

त्यसैगरी एआई कलर पोट्रेट, एआई ब्यूटिफिकेशन २.० जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सौन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ ।

एफ १९ प्रोमा रहेको एआई सिन ईन्ह्यान्समेन्ट २.० ले २० प्रकारका ल्याण्डस्केप शट्को पहिचान गर्ने क्षमता राख्नुका साथै पिक्सेल बाई पिक्सेल कलर स्चाचुरेशन र कन्ट्रास्टमा सुधार ल्याउने कार्य गर्छ ।

साथै भिडियो एडिटिङमा सघाउँदै मुभि क्वालिटी क्ल्प्सि स्वचालितरुपमा निकाल्न सघाउने लोकप्रिय फिचर सोलुप भिडियोलाई पनि फोनमा निरन्तरता दिइएको छ ।

फास्ट चार्जिङ र टिकाउ ब्याट्री

तिब्र गतिको चार्जिङ सुविधाका लागि ३० वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधिका साथै लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

उदाहरणका लागि मात्र ५ मिनेटको चार्जले फोनमा २.९ घण्टा यूट्यूब हेर्न सकिन्छ । एक पटक पूर्णरुपमा फोनलाई चार्ज गरिसकेपछि यसमा ढूक्क भई १६ घण्टा सम्म अनलाईन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।

आफ्नो साथमा चार्जर नहुँदा, साथै ब्याट्री लाईफ पनि अन्तिम केही प्रतिशत मात्र बाँकी रहने जस्ता अनपेक्षित अवस्थालाई समेत विशेष ध्यान दिई एफ१९ प्रोमा अलडे स्मार्ट पावर सेभिङ फिचर पनि दिइएको छ ।

यो फिचरले सीपीयू फ्रिक्वेन्सी, फोनको ब्राइटनेस लगायत घटाई कल गरिरहेको, टेक्सटिङ वा नेभिगेशन एप चलाईरहेको अवस्थामा अन्तिम ५ प्रतिशत ब्याट्री बाटै फोनलाई चलाउन सघाउँछ ।

तपाई निदाइरहेको अवस्था पहिचान गरी सुपर नाइटटाइम स्ट्यान्डबाईले बेडटाइम रुटिन अनुसार समायोजित हुँदै उक्त समयमा फोनको ब्याट्री जम्मा २ प्रतिशत मात्र घटाउन सघाउँछ । फोनलाई ओभरचार्जिङ हुनबाट जोगाउन यसमा ब्याट्री गार्डको ब्यवस्था पनि गरिएको छ ।

समय बित्दै जाँदा फोनको गतिमा न्यूनिकरण आउने समस्या हामी मध्य अधिकांशले अनुभव गरेका छौँ । यसको समाधानका लागि कम्पनीले एफ सिरिजका फोनमै पहिलो पटक सिस्टम परफरमेन्स अप्टिमाइजर उपलब्ध गराएको छ ।

ओपोको स्वामित्व अन्तर्गतको यो प्रविधिले १० अनुकुलन सुविधाका प्याकेज उपलब्ध गराउँदै फोनलाई लामो सयम सम्म बिना ल्याग सटिक कार्य प्रदर्शनीको क्षमता प्रदान गर्छ ।

फोनमा मिडियाटेक हेलियो पी ९५ अक्टा कोर प्रोसेसरको प्रयोग गरिएको छ । शक्तिशाली प्रोसेसरका साथै एफ १९ प्रोमा गेमिङको मज्जाका लागि स्मूथ ग्राफिक्स, अप्टिमाइज्ड नेटवर्क ल्याटेन्सी र डि¥याकद्वारा सञ्चारित रियल एचडी साउण्ड सुविधा पनि उपलब्ध छ ।

साथै फोनलाई ईन्टेन्सिव गेमिङका दौरान उत्पादन हुने तापका कारण ल्याग हुनबाट जोगाउन विशेष कुलिङ प्रणाली पनि फोनमा उपलब्ध राखिएको छ ।

गेमर्सलाई विशेष ध्यानमा राखि ओपो एफ १९ प्रोमा गेमिङको  अभूतपूर्व मज्जा र मनोरञ्जन प्रदान गर्न गेम फोकस मोड, क्विक स्टार्टअप, गेम फ्लोटिङ विण्डो र बुलेट स्क्रिन म्यासेज लगायत फिचर्सपनि उपलब्ध गरिएका छन् ।

कलरओएस ११ः मल्टिटास्किङको मज्जा

ओपो एफ १९ प्रोमा मल्टिटास्किङ गरिरहनुपर्ने प्रयोगकर्ताहरुलाई विशेष ध्यानमा राखि विभिन्न सुविधाहरु उपलब्ध छन् । उदाहरणका लागि कुनै एप चलाइरहेको अवस्थामा त्यसलाई बन्द नगरिकन ह्वाट्सएप म्यासेजमा रिप्लाइ गर्नुपर्ने अवस्था हुँदा तपाईले फ्लेक्सड्रप फिचरको प्रयोग गर्नसक्नु हुन्छ ।

कार्यालयमा कार्यरत प्रयोगकर्ताहरुका लागि डकुमेन्ट शेयरिङमा सहजता प्रदान गर्न एफ १९ प्रोमा नियरबाई शेयरिङ फिचर दिइएको छ । यसको माध्यमबाट नजिक रहेका अन्य ओपो प्रयोगकर्ताहरुलाई सिधै डकुमेन्ट शेयर गर्न सकिन्छ ।

त्यसैगरी स्क्रिनशट्स लिन र त्यसमा रहेको कन्टेन्टलाई गुगल लेन्स मार्फत तत्सम अनुवाद गर्न थ्री फिंगर ट्रान्सलेट फिचर पनि दिइएको छ ।

गोपनियताको सुरक्षा

ओपो एफ १९ प्रोमा उपभोक्ताको मागलाई दृष्टिगत गर्दै गोपनियता र सुरक्षाका लागि डाटा रिट्रिभ (पूणः प्राप्ति) तथा अनावश्यक ब्यक्तिको पहुँचबाट जोगाउन विशेष फिचर्सको व्यवस्था गरिएको छ । फोन राखेको स्थान विर्सने तथा हराउने सम्भावना बोकेका मानिसका लागि यसमा ब्यक्तिगत मिडिया तथा फाइल्सका लागि ओपोको प्राइभेट सेफ सुविधा पनि उपलब्ध छ ।

प्राइभेट सेफको माध्यमबाट हेट्याप क्लाउड एक्सेस गरी हराएको फोनमा रहेका आफ्ना ब्यक्तिगत डाटा पूणः प्राप्त गर्न सकिन्छ । परिवारजन वा साथी भाईलाई फोन दिनुपर्ने अवस्था हुँदा आफ्ना ब्यक्तिगत डाटाहरु तिनका पहुँच वा दृष्टिबाट सुरक्षित राख्न फोनमा एप लक फिचरको व्यवस्था गरिएको छ ।

त्यसैगरी प्रोजेक्टर वा टीभी स्क्रिनमा फोन मिररिंग मार्फत सहकर्मीसँग प्रिजेन्टेशन शेयर गरिरहेको अवस्थानमा ब्यक्तिगत वा लाजलाग्दा म्यासेजहरु पपअप हुनबाट जोगाउन स्क्रिनकास्ट प्राइभेसी शिल्डको ब्यवस्था गरिएको  छ ।

बजार उपलब्धता

ओपो एफ १९ प्रो फ्ल्यूड ब्ल्याक र फ्यान्ट्यास्टिक पर्पल गरी दूई रंगमा उपलब्ध छन् । ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज क्षमता सहितको एफ १९ प्रोको मूल्य ४४ हजार ९ सय ९० रूपैयाँ निर्धारण गरिएको छ ।