कीवर्डहरू -

नेपाल सुपर लिगको प्रत्यक्ष प्रसारणमा जोडियो वर्ल्डलिंक

नेपाल सुपर लिगको प्रत्यक्ष प्रसारणमा जोडियो वर्ल्डलिंक

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड ‘खुकुरी नेपाल सुपर लिग २०२१’ को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीद्धारा संचालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण  भइरहेको छ ।

एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ । लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन् ।

‘फुटबल नेपालको एउटा लोकप्रिय खेल हो र एपीवान टेलिभिजन मार्फत प्रसारण हुने यो उत्साहजनक फुटबल लिगमा जोडिन पाउँदा हामी निकै खुशी भएका  छौं’ वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका निर्देशक मनोज अग्रवालले भने ।

‘यो टुर्नामेन्टले नेपालका उद्यीमान युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ, जसलाई लाखौं दर्शकहरूले हेर्नेछन,’ उनले भने, ‘वर्ल्डलिंक सधैं आफ्ना प्रिय ग्राहक महानुभावहरूको जीवनलाई उल्लासमय बनाउने मौकाको खोजीमा हुन्छ । नेपाली जनतालाई उत्साहित बनाउन र मनोरञ्जन दिन यो टुर्नामेन्ट पनि त्यस्तै एउटा भव्य अवसर भएको छ ।’

खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुने भए पनि दर्शकहरू चाहिं त्यहाँ हुनेछैनन् ।

कोरोना महामारीको यो वेला एपीवान टेलिभिजनले दर्शकहरूका लागि फुटबल खेलको मनोरन्जन घरघरमै पुर्‍याइरहेकोछ ।