कीवर्डहरू -

मङ्गल ग्रहमा इन्जेन्युटी हेलिकाेप्टर १६४ फिट उड्न सफल

मङ्गल ग्रहमा  इन्जेन्युटी हेलिकाेप्टर १६४ फिट उड्न सफल

नासाको इन्जेन्युटी हेलिकाेप्टरले आफ्नो तेस्रो उडान सफलता पूर्वक सम्पन्न गरेको छ । स्पेस डटकमको अनुसार इन्जेन्युटीले बेसबाट उत्तर तिर ४.५ माइल प्रति घण्टाको रफतारमा १६४ फिट उड्न सफल भएको थियो ।

यो धेरे नलाग्न सक्ला तर इन्जेन्यूटीले आफ्नो दोस्रो उडानमा १.१ माइल प्रति घण्टाको रफ्तारमा १३ फिट मात्रै उड्न सफल भएको थियो ।

यो पछि सायद नासाले दुई ओटा उडान मात्रै गराउनेछ किनभने यसपछि नासाले पर्सिभियरेन्स रोभरलाई विशेष ध्यान पुर्‍याउनेछ ।

यसले मङ्गल ग्रहमा अन्वेषण गर्न अझै सहज पार्नेछ । अबको अन्वेषणहरुमा ड्रोनको प्रयोग अधिक मात्रामा गरिने अनुमान लगाइएको छ ।