कीवर्डहरू -

डिज्नीका पात्रहरुलाई वास्तविक बनाउँदै रोबोट

डिज्नीका पात्रहरुलाई वास्तविक बनाउँदै रोबोट

डिज्नीका पात्रहरुलाई वास्तविक बनाउन रोबोटको विकास गरिएको छ । यो आइडिया प्रोजेक्ट किवि अन्तरगत पर्छ, जुन रोबोट विकास गर्ने प्लेटफर्म हो ।

प्रोजेक्ट किविले तीन वर्ष काम गरेर एउटा सानो रोबोट बनाएको छ जुन आफै हिडँन, नाटक गर्न र थुप्रै डिज्नी पात्रहरुको रुप लिन सक्छ ।

यसले भविष्यका दिनमा अनुभवलाई झनै वास्तविक बनाउनका लागि डिज्नी थिम पार्कमा पाहुनासँग अन्तरक्रिया पनि गर्ने मानिएको छ । प्रोजेक्ट किविका सबैजसो प्रोजेक्ट कस्टोमाइज गरिएको हुन्छ ।

अहिले पनि प्रयोगमा ल्याउनका लागि रोबोटमा अझै पनि धेरै काम गर्नुपर्ने देखिएको छ । निर्माताले रोबोटको मानव अनुहार छुट्याउन सक्न र संसारलाई बुझ्नका लागि सेन्सरमा सुधार ल्याउने जनाइएको छ ।

त्यस्तै रोबोटको स्थीरताका लागि एक्युटेटरमा पनि काम गरिने बताइएको छ । यो रोबोट एक पटक चार्ज गरेपछि ४५ मिनेट सम्म टिक्छ जसलाई अन्वेषकहरूले बढाउने प्रयास गरिरहेका छन् ।