कीवर्डहरू -

सन् २०४५ सम्म तेल निकासीलाई अन्त्य गर्ने क्यालिफोर्नियाको योजना

सन् २०४५ सम्म तेल निकासीलाई अन्त्य गर्ने क्यालिफोर्नियाको योजना

क्यालिफोर्नियाले सन् २०४५ सम्ममा तेल निकासीलाई अन्त्य गर्ने योजना बनाएको छ । अर्थरको रिपोर्ट अनुसार गभर्नर न्युसमले सन् २०४५ सम्ममा तेल निकासीलाई अन्तय गर्ने योजना बनाएको हो । यसले ग्रिन हाउस ग्यासको उत्पादनमा पनि केही हद सम्म कमी ल्याउने अनुमान लगाइएको छ ।

त्यस्तै कार्बनको मात्रालाई पनि न्यूनतम बनाउन सक्नेछ । सन् २०४५ धेरै लामो समय भएपनि यसले कुनै समयमा तेल बिना यातायात  चलाउन सकिने आशा सिर्जना गरिदिएको छ ।

सन् २०२० मा क्यालिफोर्निया अमेरिकाको सातौँ ठूलो काँचो तेल प्रदायक रहेको थियो । यसले अर्थतन्त्रमा धेरै असर पार्ने हुनाले अरु छिमेकी स्टेटहरुले अहिलेनै यो लक्ष्य राखेका छैनन् ।