अमेरिकी सैन्य शक्ति पेन्टागनले आफ्नो नेटवर्कमा समस्या भेट्याउने ग्लोबल रिसोर्स सिस्टमलाई १७५ मिलियन आइपी एड्रेस दिएको छ । वासिङटन पोस्टका अनुसार ग्लोबल रिसोर्स सिस्टम फ्लोरिडाको स्टार्टअप हो ।
यसले मिलिटरीको आइपी एड्रेसलाई कसैले अनआधिकारिक रुपले नचलाउन दिनलाई मद्दत गर्ने विश्वास गरिएको छ ।
कहाँ के समस्या छ भनर पनि सजिलै थाहापाउन सक्ने पेन्टागनले अनुमान लगाएको छ । यसले कतिको सहयोग पुर्याउनेछ भन्ने कुरामा केही संकोच रहेको छ । यसले ह्याक र साइबरसुरक्षाको समस्यालाई पनि कम गर्ने मानिएको छ ।