कीवर्डहरू -

एनएमबि बैंकले जारी गर्‍यो बस भाडा तिर्न सहज हुने कन्ट्याक्टलेस कार्ड

एनएमबि बैंकले जारी गर्‍यो बस भाडा तिर्न सहज हुने कन्ट्याक्टलेस कार्ड

एनएमबि बैंकले बस भाडा तिर्नका लागि कन्ट्याक्टलेस कार्ड जारी गरेको छ । हालको परस्थिति र सुरक्षाको आवश्यकतालाई ध्यान दिदै बैंकले कन्ट्याक्टलेस कार्ड जारी गरेको हो ।

ओम्नी च्यानलमार्फत खाता लगायत विविध बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेशनलसँग सहकार्य गर्नेगरी समझदारी गरेको हो ।

उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दुरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भइरहेको पाइन्छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ बैंकले यो सेवा शुरू गरेको हो ।

हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेको र अरु विभिन्न बस व्यवसायीहरुसँग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको बैंकले जनाएको छ ।