कीवर्डहरू -

गूगल मिटमा डेटा सेभर मोड कसरी अन गर्ने ? 

गूगल मिटमा डेटा सेभर मोड कसरी अन गर्ने ? 

कोरोना महामारीको समयमा अध्ययन देखि लिएर सबै कामहरु इन्टरनेटकै माध्यमले भइरहेका छन् । त्यसमा पनि भिडियो कन्फेरेन्सिङ एपहरुले अझै ठूलो भूमिका खेलेका छन् ।

भिडियो कन्फेरेन्सिङ एपहरुमा एक चर्चित एप भनेको गूगल मिट हो । गूगलका अनुसार गूगल मिटमा डेटा सेभर मोड आएको छ जसले तपाईको डेटा खपत दर घटाउने गर्छ ।

यो फिचरलाई गूगलले दुवै एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि रोलिङ आउट गरेको छ । यो फिचरले डेटाको खपत कम गर्नुसँगै ब्याट्रीको खपत पनि कम गर्ने गर्छ ।

यो मोड इनेबल गर्नका लागि तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ । सर्वप्रथम मिट एप खोल्ने र त्यसपछि मेन्यु भन्ने अप्सनमा जानुपर्छ ।

मेन्युमा थिचेपछि सेटिङ्ग भन्ने अप्सनमा जाने र लिमिट डेटा युजेज अप्सनलाई अन गर्नुपर्छ । यति गरेपछि गूगल मिटमा डेटा सेभर मोड अन गर्न सकिन्छ ।