कीवर्डहरू -

एप्पलले सार्वजनिक गर्‍यो आइओएस १४.५ , मास्क लगाएर पनि आईफोन अनलक गर्न सकिने

एप्पलले सार्वजनिक गर्‍यो आइओएस १४.५ , मास्क लगाएर पनि आईफोन अनलक गर्न सकिने

एप्पलले सोमबार आइओएस १४.५ सार्वजनिक गरेको छ । आईओएस १४.५ मा एप्पलले नयाँ फिचरहरु ल्याएको  छ ।

यो अपडेट डाउनलोडका लागि फोनमा नोटिफिकेसन आएको छ भने त्यहाँबाट डाउनलोड गर्न सकिन्छ । यदी नोटिफिकेसन आएको छैन् भने मोबाइलको सेटिङ्गमा गएर जनरल अप्सनमा क्लिक गरी सफ्टवेयर अपडेट भन्ने अप्सनबाट पनि यो नयाँ अपडेट पाउन सकिन्छ ।

यस्ता छन् आइओएस १४.५ मा आएका नयाँ सुविधा

एप्पल वाचमा रहेको फेस आइडी प्रयोग गरेर आईफोन अनलक गर्न सकिने

एप्पल वाचका प्रयोगकर्ताले घडी अन र अनलक भएको बेलामा फेस आइडीको फिचर प्रयोग गर्न दिन्छ । मास्क लगाउँदा पनि फेस अनलकको फिचर प्रयोग गर्न सकिन्छ । त्यसपघि घडीमा आईफोन अनलक भएको नोटिफिकेसन आउने गर्छ।

आफै म्युजिक प्लेअर छान्न सकिने

अब सबै प्रयोगकर्ताले एप्पल म्युजिकनै प्रयोग गर्नुपर्ने बाध्यता हुँदैन् । सिरीलाई कुनै गीत बजाउन भन्दा अब आफूले इन्स्टल गरेको म्युजिक स्ट्रीमिङ सेवाहरुको अप्सन दिने गर्छ । त्यसमध्ये डिफल्ट म्युजिक प्लेअर छान्न सकिन्छ ।

२०० भन्दा बढी नयाँ ईमोजि

आइओएस १४.५ मा २१७ ओटा नयाँ ईमोजि रहेका छन् । यसमा विशेषगरि रङ्गको वर्णहरु थपिएका छन् । त्यस्तै मुटुमा आगो बलेको, बादलमा अनुहार रहेको जस्ता ईमाजिहरु छन् । त्यस्तै सुईबाट रगत निकालेको ईमोजिलाई परिमार्जित गरेर खोप लगाएकोसँग मेल खाने खालको बनाइएको छ ।

सिरीको नयाँ आवाज छान्न सकिने

आइओएसको १४.५ भर्सनमा आफूले चाहे अनुसार आवाज सेलेक्ट गर्न मिल्नेछ । एप्पलले दुई जना अङग्रेजी बोल्ने आवाजहरु राखेको छ र ती मध्ये एउटा आवाज छान्न सकिन्छ ।

यसले विविधतालाई बढावा दिने कम्पनीको विश्वास रहेको छ । सिरीको आयरल्याण्ड, इटली र रुसमा समेत आवाजमा केही परिवर्तन ल्याइएको छ ।

नयाँ सिरी अपडेटहरु

सिरीले चाँडैनै इमरजेन्सी नम्बरमा कल गर्न पनि सक्ने भएको छ । यसमा ‘हे सिरी कल इमरजेन्सी’ भन्दा अनुरोध क्यान्सल गर्न तीन सेकेण्डको काउन्टडाउन आउँछ र त्यसपछि फोन लाग्ने गर्दछ ।

एप ट्रयाकिङमा पारदर्शिता

आईओएस १४.५ मा एपहरुले प्रयोगकर्ताको डेटा ट्रयाक गर्न प्रयोगकर्तासँग अनुमति लिनुपर्ने हुन्छ । यसले गर्दा कुन एपले कति डेटा ट्रयाक गर्ने रहेछ भन्ने थाहा हुन्छ ।

डुअल सिम फाइभ जीको ग्लोबल सपोर्ट

आईफोन १२ का प्रयोगकर्ताले विश्वभरनै फाइभ जीको सपोर्ट पाउने भएका छन् । यो सर्पाेर्ट पहिले चीनमा मात्रै उपलब्ध रहेको थियो ।

कन्सोल कन्ट्रोलर सपोर्ट

अपडेटसँगै एप्पलले पिएसफाइभ र एक्सबक्स सिरिज एक्स कन्ट्रोलरका लागि आईओएस र आईप्याडओएस सपोर्ट दिएको छ।

जसले गर्दा प्रयोगकर्ताले फोन र ट्याबलेटमा गेम खेल्न सक्छन् । पोडकास्ट, समाचार र रिमाईन्डर एपमा केही परिवर्तन गरिएको छ ।