कीवर्डहरू -

वाचओएस ७.४ सार्वजनिक, अब एप्पल वाचबाटै आईफोन अनलक गर्न सकिने

वाचओएस ७.४ सार्वजनिक, अब एप्पल वाचबाटै आईफोन अनलक गर्न सकिने

एप्पलले आफ्नो घडीको अपरेटिङ सिस्टमका वाच ओएसमा नयाँ अपडेट ल्याएको छ । यो नयाँ अपडेटले सजिलै आइफोनलाई अनलक गर्न दिन्छ ।

वाचओएस ७.४ भएको  एप्पल वाच प्रयोग गर्नेले फेस आइडी वा पासकोड बिनानै डिभाइस अनलक गर्न सक्नेछन् । मास्क लगाएको बेला पनि फेस अनलकको फिचर प्रयोग गरेर डिभाइस अनलक गर्न सकिने छ ।

यसका लागि आइफोनको फेसआइडी र पासकोड सेटिङमा गएर त्योसँगै रहेको ‘अनलक विथ एप्पल वाच’ भन्ने फिचर प्रयोग गर्न सकिन्छ ।

त्यस्तै नयाँ अपरेटिङ सिस्टमले ब्लुटुथ डिभाइस टाइप पनि छान्न दिन्छ जसले गर्दा कुनै अडियो नोटिफिकेसन आउँदा कुन हेडफोनमा पठाउने भनेर थाहाहुन्छ । घडिमा एप्पल फिटनेस प्ल्सको मद्दतले अडियो र भिडियो पनि स्ट्रीम गर्न सकिन्छ।

भियतनाम र अस्ट्रेलियाका प्रयोगकर्ताका लागि अनियमित हृदय दर र ईसिजीको पनि सेवा रहेको छ । विस्तारै यो सेवा अरु देशहरुमा पनि उपलब्ध हुनेछ ।