कीवर्डहरू -

गत त्रैमासिकमा टेस्लाले गर्याे सबैभन्दा धेरै गाडी निर्माण, विक्री र ढुवानी

गत त्रैमासिकमा टेस्लाले गर्याे सबैभन्दा धेरै गाडी निर्माण, विक्री र ढुवानी

टेस्लाका सिईओ एलन मस्कले सोमबार टेस्लाको क्यू वान २०२१ लगानीकर्ता आय कार्यक्रम गरेका थिए ।

त्यो कार्यक्रममा मस्कले यो क्वाटरमा सबैभन्दा बढि टेस्लाको गाडी निर्माण, विक्रि र ढुवानी गरेको बताएका छन् । यो त्रैमासिकमा विक्रि ७४ प्रतिशतले बढेको छ । टेस्लाले यो त्रैमासिकमा ४३८ मिलियन डलर सेयर कमाएको छ ।

विक्रि गत त्रैमासिकमा ५.९९ बिलियन डलर थियो र यो त्रैमासिकमा १०.३९ बिलियन डलर पुगेको छ । कोभिडको समय भएता पनि यसले टेस्लाको विक्रिमा कुनै फरक नपारेको देखाएको छ ।

टेस्लाले पहिलो त्रैमासिकमा मोडेल एस र एक्स नबनाइएरै पनि यो रेकर्ड राख्न सफल भएको हो । गत त्रैमासिकमा टेस्लाले लगभग एक चौथाई मिलियन थ्री एस मोडेल डेलिभरी गरेको थियो जुन भनेका् प्रति वर्ष ०.५ मिलियन हो ।

यो डेटाले विद्युतिय गाडीले फ्युल गाडीको मार्केट लिएको भन्ने देखाएको कम्पनीले बताएको छ ।  मस्क विद्युतिय कारको भविष्यका लागि आशावादीनै देखिएका थिए ।

मस्कले टेस्लाको गाडी चढने दुई जनाको मृत्युको बारेमा पनि कुरा गरेका थिए । उनीले ती व्यक्तिहरुले आफ्नो गाडीमा अटोपाईलट प्रणाली सुचारु नगरेको ठहर गरेका थिए र टेस्लाको बारेमा गलत जानकारी फैलाउने पत्रकार प्रति पनि खेद प्रकट गरेका थिए ।