कीवर्डहरू -

किन बढ्दै बिटक्वाइनको लोकप्रियता ? कसरी लगानी गर्ने ?

विश्वभर यसको प्रभाव परिरहँदा नेपाल अछुतो भने रहन सक्दैन् ।

किन बढ्दै बिटक्वाइनको लोकप्रियता ? कसरी लगानी गर्ने ?

पछिल्लो समय बजारमा बिटक्वाइन धेरै चर्चामा रहेको छ । बढ्दो मूल्यसँगै यसको लोकप्रियता पनि बढ्दै गएको छ । आजको विनियमदरअनुसार बिटक्वाइनको मूल्य ६३ लाख बढी नेपाली रुपैयाँ रहेको छ । एउटा बिटकोइनको यति धेरै मूल्य हुँदा यसले सबैलाई आर्कषित गरिरहेको छ । अहिले संसारमा १६०० बेग्लाबेग्लै खालका बिटक्वाइनहरु रहेका छन् ।

के हो बिटक्वाइन ?
बिटकोइन हामी नेपालीहरुका लागि अलि ‘अचम्म’ कै विषय हो भन्दा फरक नपर्ला । हाम्रो देशमा अहिलेसम्म बिटक्वाइन प्रयोगमा नआएका कारण धेरै जनाले यस बारेमा थाहा पाएका छैनन् ।

बिटक्वाइनको नाम मात्रै सुन्दा कुनै देशको मुद्राको बारेमा कुरा गरिरहेको जस्तो लाग्ने गर्दछ । यसलाई विशेषगरी क्रिप्टोकरेन्सी भनिन्छ । यो एक भर्चुअल वा डिजिटल करेन्सी हो । यो पूर्ण रुपले भर्चुअलनै हुने गर्छ ।

बिटक्वाइन जटिल गणित समस्याहरूलाई मिलाएर बनाइएको एक विद्युतीय मुद्रा हो । यो क्यासको अनलाइन स्वरुप हो । यसलाई सजिलैसँग सामान किन्न र बेच्न प्रयोग गर्न सकिन्छ ।

तर अहिलेसम्म पनि धेरै देशहरुले यसलाई आधिकारिक मानेका छैनन् । जसमा एक नेपाल पनि हो । बिटक्वाइनमा कुनै पनि एउटा केन्द्रीय बैंक वा संस्थाको नियन्त्रण हुदैन् । त्यही कारणले यसलाई एउटा विकेन्द्रीकृत विद्युतीय सम्पत्ति पनि भन्न सकिन्छ । बिटकोइनहरुमा प्राइभेट कोडहरु प्रिन्ट गरिएको हुन्छ । ती कोडहरु बिना बिटकोइन मूल्यहीन हुने गर्छ ।

यसलाई तीन मुख्य तरीकाले किन्न सकिन्छ जुन यस प्रकारका छन् ।
१. भौतिक वा आधिकारक पैसा प्रयोग गरेर
२. केही कुरा बेच्दा तपाई मान्छेलाई बिटकोइन प्रयोग गरेर भुक्तानी गर्न दिएमा
३. यसलाई आफै कम्प्युटर प्रयोग गरेर बनाएमा

बिटक्वाइन सन् २००९ मा आविष्कार गरिएको इन्टरनेटमा आधारित एउटा क्रिप्टोकरेन्सी हो । बिटक्वाइन पियर–टू–पियर डिजिटल पैसा हो, जसलाई हामी हाम्रै कम्प्युटरमा स्टोर गरेर राख्न सकिन्छ ।

मान्छेहरुले शक्तिशाली कम्प्युटरहरु प्रयोग गरेर बिटक्वाइन बनाउन खोज्छन् । जसलाई माइनिङ भनिन्छ । यसले गर्दा धेरै खालको बिटक्वाइन बनिरहेको छ । बिटक्वाइन बनाउने एकदमै गाह्रो काम हो ।

\"\"

कति छ बिटक्वाइनको मूल्य ?
सुन्दा आश्चर्य लागे पनि सत्य के हो भने एउटा बिटक्वाइनको बजार मूल्य ६३ लाख रूपैयाँ बढी रहेको छ । यसको कूल बजार पुँजीकरण करिब एक ट्रिलियन अमेरिकी डलर छ, जुन सुनको पूँजीकरणभन्दा करिब ७ गुणा मात्र कम हो ।
किन बढ्दै छ बिटक्वाइनको मूल्य ?

बिटकोइनलाई अब विश्वव्यापी रुपमा धेरैले आधिकारिक मान्न थालेका छन् जसले गर्दा यसको मान बढ्दै गएको छ । मान्छेहरुले यसमा लगानी गर्नु सुरक्षित विकल्पको रुपमा लिन थालेका छन् । यसले बोक्न नपर्ने सुविधा पनि दिने गर्छ । ठूल्ठूला कम्पनीहरुले पनि आफ्नो आम्दानीलाई बिटक्वाइनमा परिणत गरिरहेका छन् ।

विश्वव्यापी डिजिटल भुक्तानी सेवा पेपालले पनि आफ्नो प्लेटफर्ममा बिटक्वाइनलाई सपोर्ट गरेरकाले पनि मुल्य बढिरहेको छ । ब्ल्याक रक, स्क्वार जस्ता भुक्तानी कम्पनीहरुले पनि हालै क्रिप्टोकरेन्सीहरुलाई आधिकारिक मान्न थालेका छन् ।

टेस्लाले १.५ बिलियन बिटक्वाइन किने पछि यसको मूल्यमा भारी वृद्धि भएको छ । एलन मस्कले पनि बिटक्वाइनमा लगानी गर्नु राम्रो हो भनेपछि मूल्य एकदमै बढ्दै गएको छ ।

मास्टरकार्डले यो वर्ष देखि केही क्रिप्टोकरेन्सीहरुलाई आफ्नो नेटवर्कमा सपोर्ट गर्ने भएको छ । मास्टरकार्डले पहिले पनि कस्टुमर कार्डमा क्रिप्टोकरेन्सी प्रयोग गरेर कारोबार गर्न दिने गर्दथ्यो । तर यसमा नेटवर्कको प्रयोग भने अब मात्रै हुनेछ।

कुन कुन देशमा प्रयोग भईरहेको छ बिटक्वाइन?
बिटक्वाइन ६० भन्दा बढी देशमा लिगल रहेको छ । ति देशहरुमा तान्जानिया, मौरिसस, एङगोला, दक्षिण अफ्रिका, नामिबिया, जिम्बावे, अमेरिका, मेक्सिको, निकारागुआ, कोस्टारिका, जमाईका, ट्रिनिड्याड एण्ड टोबागो, अर्जेन्टिना, ब्राजिल, चिली रहेका छन् ।

त्यस्तै भेनिजुएला, किर्गीस्तान, उज्बेकिस्तान, साइप्रस, युनाईटेड अरब एमिरेट्स, इजरायल, हङकङ, जापान, भारत, पाकिस्तान, दक्षिण कोरिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, थाईल्याण्ड, रुनेई, अस्ट्रिया, क्रोसिया, चेक रिपब्लिक, जर्मनी, हङगेरी, पोल्याण्ड, रोमानिया, स्लोभ्याकिया, स्लोभेनिया, स्वीजरल्याण्डमा पनि बिटकोइन लिगल रहेको छ ।

अल्बानीया, बेलारस, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, आईसल्याण्ड, लिथुवानिया, नर्वे, स्वीडेन, बुलगेरिया, ग्रीस, इटली, माल्टा, उत्तर म्यासेडोनिया, पोर्चुगल, स्पेन, बोस्नीया एण्ड हर्जिगोभिना, बेल्जियम, फ्रान्स, आयरल्याण्ड, लुक्जेमबर्ग, नेदरल्याण्ड, बेलायत, अस्ट्रेलिया र  न्यू जिल्याण्डमा पनि बिटकोइन लिगल रहेको छ । माथिका यी कतिपय देशमा बिटक्वाइन वैधानिक भए पनि बैंकिङ कार्यका लागि प्रयोग गर्न मिल्दैन् ।

कुन कुन देशमा बैंकिङ कार्यका लागि बिटक्वाइन प्रयोग गर्न मिल्दैन् ?
बिटकोइन नाइजेरिया, साउदी अरेबिया, क्यानेडा, बोलिभिया, जोर्डन, टर्की, कतार, ईरान, बङगलादेश, चीन, ताइवान, कम्बोडिया , इन्डोनेसिया, भियतनाम, एकुवाडोर, रुस आदिमा बैंकिङ कार्यका लागि प्रयोग गर्न मिल्दैन् ।

\"\"

कसरी लगानी गर्ने बिटक्वाइनमा ?
बिटक्वाइनमा लगानी गर्ने प्रथम उपाय भनेको की सिक्का किन्ने वा कोइनबेस जस्तो ट्रेडिङ एपबाट सिक्काको एक भाग किन्नुपर्छ । खरिद गर्दा धेरैजसो बेला अकाउन्ट बनाउँदा आफ्नो निजी जानकारी दिनुपर्ने हुन्छ र पैसा डिपोजिट गरेर बिटकोइन किन्न सकिन्छ ।

त्यसपछि सेयर जस्तै मूल्य घटबढ भएको हेर्न सकिन्छ । किनेपछि तपाईको बिटक्वाइन इन्क्रिप्टेड वालेटमा सुरक्षित राख्न सकिन्छ ।
त्यसैगरी क्यापिटल मार्केटबाट लगानी गर्न चाहेमा ग्रेस्केल बिटकोइन इन्भेस्टमेन्ट ट्रस्टबाट लगानी गर्न पनि पाइन्छ । यसले थुप्रै किसिमको अकाउन्टलाई सजिलै पहुँच पाउन दिन्छ ।

के के खरिद गर्न बिटकोइन प्रयोग गर्न सकिन्छ ?
मानिसहरुले बिटकोइन इन्टरनेटमा वास्तविक सामग्रीहरु खरिद गर्नका लागि प्रयोग गर्न थालिसकेका छन् । यसले यसको मूल्य बढाउनमा पनि मद्दत पु¥याइरहेको छ ।

१. बिटकोइनलाई हालैमा एलन मस्कले टेस्लाको गाडी किन्नलाई प्रयोग गर्न सकिने बताएका छन् ।

२.यसलाई माइक्रोसफ्टको भिडियो गेम किन्नलाई पनि प्रयोग गर्न सकिन्छ । कुनै एप किन्दा पनि बिटकोइनको प्रयोग गर्न पाइन्छ । त्यस्तै माइक्रोसफ्टले विन्डोजको कुनै डिजिटल सामाग्री, विन्डोज फोन, एक्सबक्स गेम, एक्सबक्स म्युजिक वा एक्सबक्स भिडियो स्टोर किन्नलाई पनि बिटक्वाइनको प्रयोग गर्न दिन्छ।

३. विश्वमा आजकाल धेरै होटेलहरुले भुक्तानी गर्दा बिटक्वाइन लिन थालेका छन् । त्यस्तै एन्ड्रोइड र एप्पलमा रहेका केही एपमा बिटक्वाइनलाई रकममा परिणत गरेर एयरलाईनको टिकट किन्न सकिन्छ । विश्वका केही केएफसी, बर्गर किङ, पिज्जा हट र सबवेले बिटकोइन प्रयोग गरेर खानेकुरा अर्डर गर्न दिन्छन् ।

४. बिटक्वाइनलाई सामान किन्न मात्रै नभएर दान गर्नलाई पनि प्रयोग गर्न सकिन्छ । विकिमिडिया फाउण्डेसनले बिटक्वाइनबाट अनुदान लिएर अमेरिकी डलरमा परिणत गर्ने गर्छ ।

नेपालमा बिटक्वाइनको अवस्था कस्तो छ त ?
नेपाल राष्ट्र बैँक ऐन र सन् २०१९ को विदेशी विनिमय नियमन ऐनका अनुसार नेपाल राष्ट्र बैँकले नेपालमा बिटक्वाइन र क्रिप्टोकरेन्सी गैर कानूनी रहेको छ । सन् २०१७ मा केन्द्रीय अन्वेषण ब्यूरोले बिटकोइन माइनिङ र विनिमय कार्यहरुका लागि दुई जनालाई प्रक्राउ पनि गरेको थियो ।

यसरी संसार विस्तारै डिजिटल युगमा जाँदै गर्दा हाम्रो दिन दिनै प्रयोग हुने पैसा पनि डिजिटलीकरण हुँदै गइरहेको छ । नेपालमा यो कहिलेदेखि आधिकारिक हुन्छ त्यो भन्न सकिँदैन तर विश्वभर यसको प्रभाव परिरहँदा नेपाल अछुतो भने रहन सक्दैन् ।

बिटक्वाइन किन लोकप्रिय छ ?

\"\"
सहज, छिटो र सस्तो
बिटक्वाइनमा कुनै पनि एउटा केन्द्रीय बैंक वा संस्थाको नियन्त्रण हुदैन् । यो एक विकेन्द्रीकृत विद्युतीय सम्पत्ति भएकाले यसको माध्यमबाट कारोबार गर्दा कुनै कारोबार शुल्क लाग्दैन् । अन्तर्राष्ट्रिय रुपमा कोष ट्रान्सफर गर्दा पनि बैंकहरुले पाउने र पठाउने दुवैबाट धेरै शुल्क लिने गर्छन् तर बिटक्वाइनबाट सोही प्रक्रियामा कम समय लाग्ने र सस्तोमा हुने गर्छ । यसलाई विश्वको जुनसुकै ठाउँबाट पनि पहँच पाउन सकिन्छ ।

अस्थीरता
बिटक्वाइनको बजार कुनै सरकार वा निकायले नियन्त्रण नगरी प्रयोगकर्ताले गर्ने गर्छन् । बिटक्वाइनको मार्केट एकदमै अस्थीर हुने गर्छ । समय र मागका आधारमा घटबढ हुन्छ । धेरैजसो मान्छेहरुले मूल्य घटेको बेला बिटक्वाइनमा लगानी गर्छन र मूल्य बढेसँगै बेचिदिन्छन् जसले गर्दा एकदमै नाफा हुने गर्छ । यसले भविष्यका दिनहरुमा व्यवसायलाई एकदमै  लाभ पु¥याउने अनुमान लगाईएको छ ।

ठगीको डर कम
धेरै लगानीकर्ता बिटक्वाइन पुर्ण डिजिटल भएकाले आकर्षित हुने गर्दछन् । यसको भौतिक स्वरुप नरहेकाले यसमा ठगीको मामिलाहरु एकदमै कम हुने गर्छ । कसैको अन्तर्गतको मुद्रा पनि नभएकाले यसमा ठगीको घटना कमै हुन्छ ।

\"\"

कत्तिको सुरक्षित छ बिटकोइन ?
यसको अस्थीर बजार मूल्यले गर्दा बिटक्वाइनको लगानी कहिलेकाँही घाटा पनि व्योहोर्नु पर्छ । त्यही कारणले आफूले घाटा खान सक्नेभन्दा बढि रकम लगानी गर्नुहुँदैन् ।

केही देशमा यो आधिकारिक नभएकाले यसलाई सबैतिर प्रयोग गर्न नसकिने पनि हुन्छ । यदी तपाईको बिटक्वाइन कुनै कारणले ह्याक भएमा पनि त्यसलाई सजिलै साट्न मिल्दैन् ।

तपाईले कुनै संस्थाबाट खरिद गरेको बिटकोइन ह्याक भएमा ती संस्थाहरुले धेरैजसो पैसा फिर्ता गरिदिन्छन् तर गर्नै पर्छ भन्ने खालको कुनै नियम भने छैन् ।
बिटक्वाइनमा ब्लकचेन प्रविधि प्रयोग गरिएको छ ।

ब्लकचेनभित्र विभाजित डाटाबेसहरु रहन्छन् अर्थात धेरैवटा कम्प्युटरहरुमा डाटाबेस धेरैवटा कपीहरुमा अवस्थित हुन्छ।

तिनै कम्प्युटरहरुले पियर टु पियर नेटवर्क सिर्जना गर्दछन्। ब्लकचेनको हरेक ब्लक कारोबारको सूचीले बनेको हुन्छ। त्यो हरेक ब्लकभित्र पनि ब्लक हेडर हुन्छ। फेरि त्यो हेडरभित्र पनि मेटाडाटाका तीन सेटहरु रहेका हुन्छन्।

यसमा प्रयोगकर्ताका सबै निजि जानकारी जासुसी आँखाबाट टाढै राख्ने प्रयास गरिएको हुन्छ। जसले गर्दा ह्याकरले प्रणालीमा पहुँच पाएपनि ह्याक गर्ने लायकको केही भेटाउदैनन् ।

यसले कारोबारलाई अरु कुनै मध्यस्थकर्ता अथवा तेस्रो पक्ष बिना नै आफ्नो प्रडक्ट साटासाट गर्न दिन्छ । एक पटक बिटकोइन बेचेपछि पुनः पैसा फिर्ता माग्न पनि मिल्दैन् ।