कीवर्डहरू -

नयाँ मोबाइलमा फोरजी चल्छ कि चल्दैन कसरी थाहा पाउने ? यस्ता छन् नेपाल टेलिकमका पाँच जवाफ

नयाँ मोबाइलमा फोरजी चल्छ कि चल्दैन कसरी थाहा पाउने ? यस्ता छन् नेपाल टेलिकमका पाँच जवाफ

कतिपय ग्राहकको नयाँ मोबाइलमा समेत फोरजी इन्टरनेट नचल्ने समस्या हुन्छ । कतिपय को कुनै ठाउँमा फोरजी चलाउन सकिने कुनै ठाउँमा नचल्ने पनि हुन्छ ।

भर्खर किनेको नयाँ स्मार्ट फोनमा समेत नेपाल टेलिकमको फोर जी सेवा नचल्ने वा कुनै ठाउँमा चल्ने र अर्को ठाउँमा नचल्ने हुन्छ त ?

यस विषमा नेपाल टेलिकमले स्पष्ट पार्दै फोरजी नचल्नुको कारण बताएको छ ।

फोरजी सेवा संचालनका लागि नेपाल दूरसंचार प्राधिकरणबाट ८०० सय मेगाहर्जमा एलटीई व्यान्ड २० र १८०० मेगाहर्जको एलटीई व्यान्ड ३ कोे अनुमति पाएको छ ।

जनघनत्व कम भएका ग्रामिण क्षेत्रमा टाढासम्म कभरेज हुने गरी ८०० सय मेगाहर्जको एलटीई व्यान्ड २० मा फोरजी सेवा संचालन गरिएको छ भने जनघनत्व बढी भएका शहरी क्षेत्रहरुमा धेरै ग्राहकलाई एकसाथ सेवा प्रदान गर्न सकिने गरी १८०० मेगाहर्जको एलटीई एलटीई व्यान्ड ३ मा फोरजी सेवा संचालन गरिएको छ ।

फोरजी एलटीई नेटवर्क बिस्तार भएका क्षेत्रमा फोरजी सेवा प्रयोग गर्न ग्राहकहरुसँग फोरजी सपोर्ट गर्ने मोवाईल सेट हुनु आवश्यक हुन्छ ।

हाल नेपालमा बिक्री बितरण भइरहेका कतिपय मोवाईल सेटले १८०० मेगाहर्जको एलटीई व्यान्ड ३ सपोर्ट गर्ने तर ८०० सय मेगाहर्जमा एलटीई व्यान्ड २० सपोर्ट नगर्ने भएको कारण धेरै ग्राहकहरुले गुणस्तरीय फोरजी सेवा उपभोग गर्न नसकेको गुनासो आइरहेको छ ।

यो समस्या समाधान गर्ने एक मात्र उपाए भनेको मोवाईल सेट खरिद गर्दा उक्त सेटले १८०० मेगाहर्जको एलटीई व्यान्ड ३ र ८०० सय मेगाहर्जमा एलटीई व्यान्ड २० दुबै सपोर्ट गर्ने मोबाइल खरिद गर्नु हो ।

साथै मोवाईल सेट आयात तथा बिक्री गर्दा नेपालको १८०० मेगाहर्जको एलटीई व्यान्ड ३ र ८०० मेगाहर्जमा एलटीई व्यान्ड २०  दुबै सपोर्ट गर्ने मोवाईल सेटहरु मात्र आयात तथा बिक्री बितरणको लागि सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ ।

नेपाल टेलिकमले उपलब्ध गराएको फोरजी सेवा प्रयोग गर्न के के आवश्यक पर्छ ?

नेपाल टेलिकमको फोरजी सेवा उपभोग गर्नका लागि तपाईंसँग नेपाल टेलिकमको फोरजी सिमकार्ड, फोरजी सपोर्ट गर्ने मोवाईल सेटका साथै तपाईं फोरजी कभरेज एरियामा भएको हुनुपर्छ ।

नेपाल टेलिकमबाट बिक्री बितरण गरिने सबै नयाँ सिमकार्डहरुले फोरजी सपोर्ट गर्ने भएकोले तपाईंसँग फोरजी मोवाईल सेट छ भने तपाईंले नेपाल टेलिकमको फोरजी कभरेज एरिया भित्र मज्जाले फोरजी सेवा प्रयोग गर्न सक्नुहुन्छ ।

मेरो मोवाईल सेटले फोरजी सपोर्ट गर्छ तर कुनै स्थानमा फोरजी चल्छ भने कतै चल्दैन किन यस्तो हुन्छ ?

नेपाल टेलिकमले जनघनत्व कम भएका ग्रामिण क्षेत्रमा टाढासम्म कभरेज हुने गरी ८०० मेगाहर्जको एलटीई व्यान्ड २० मा फोरजी सेवा संचालन गरिरहेको छ भने जनघनत्व बढी भएका शहरी क्षेत्रहरुमा धेरै ग्राहकलाई एकसाथ सेवा प्रदान गर्न सकिने गरी १८०० मेगाहर्ज एलटीई व्यान्ड ३ मा फोरजी सेवा संचालन गरिरहेको छ ।

गाउँ शहर सबैतिर फोरजी सेवा उपयोग गर्न तपाईंको मोवाईल सेटले माथिका दुबै व्यान्ड सपोर्ट गर्ने हुनु पर्छ । तर नेपालमा हाल बिक्रि बितरण भैरहेका केही सेटहरुले १८०० मेगाहर्जमा एलटीई व्यान्ड ३ सपोर्ट गर्ने तर ८०० मेगाहर्जमा एलटीई व्यान्ड २० सपोर्ट नगर्ने भएका कारण यस्ता सेट भएका ग्राहकहरुले शहरी क्षेत्रमा फोरजी चलाउन सक्ने तर अन्यत्र चलाउन नसक्ने हुन्छ ।

यसको समाधानको लागि मोवाईल सेट खरिद गर्दा नै उक्त सेटले दुबै सपोर्ट गर्ने यकिन गरेर मात्र खरिद गर्नुपर्छ ।

मेरो गाउँमा कुनै ब्रान्डको मोवाईल सेटमा फोरजी चल्छ अरु सेटमा चल्दैन । यस्तो किन हुन्छ ?

नेपाल टेलिकमले जनघनत्व कम भएका ग्रामिण क्षेत्रमा टाढा सम्म कभरेज हुने गरी ८०० सय मेगाहर्जमा एलटीई व्यान्ड २० मा फोरजी सेवा संचालन गरिरहेको छ ।

यस्तो क्षेत्रमा ८०० सय मेगाहर्जमा एलटीई व्यान्ड २० सपोर्ट गर्ने सेटमा मात्र फोरजी सेवा चलाउन सकिन्छ भने अरु सेटमा फोरजी चल्दैन। तर फोरजी सेवा कुनै ब्रान्डको मोवाईल सेटमा मात्र चल्ने अरु ब्रान्डको सेटमा नचल्ने भने हुँदैन।

नयाँ खरिद गर्न लागेको मोवाईल सेटले कुन कुन ब्यान्डको फोरजी सपोर्ट गर्दछ वा गर्दैन भन्ने कसरी थाहा पाउन सकिन्छ ?

खरिद गर्न लागेको मोवाईल सेटको स्पेशिफिकेशन चेक गरी उक्त सेटले टु जी, थ्रि जी र फोर जी कुन नेटवर्कको कुन कुन फ्रिक्वेन्सी सपोर्ट गर्दछ वा गर्दैन भन्ने थाहा पाउन सकिन्छ ।

मैले हाल प्रयोग गरिरहेको मोवाईल सेटले कुन कुन ब्यान्डको फोरजी सपोर्ट गर्छ वा गर्दैन भन्ने कसरी थाहा पाउन सक्छु ?

मोवाईलको आईएमईआई नम्बरको आधारमा उक्त सेटले टु जी, थ्रि जी र फोर जी कुन नेटवर्कको कुन कुन फ्रिक्वेन्सी सपोर्ट गर्छ वा गर्दैन भन्ने थाहा पाउन सकिन्छ । यसको लागि यस वेबसाइटमा गएर आफ्नो मोवाईलको आईएमईआई नम्बर राखी सर्च गरेर बिस्तृत बिबरण हेर्न सक्नुहुन्छ ।