कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणका ८ जना कर्मचारीमा कोरोना संक्रमण, अब अनलाइनबाटै सेवा दिइने

दूरसञ्चार प्राधिकरणका ८ जना कर्मचारीमा कोरोना संक्रमण, अब अनलाइनबाटै सेवा दिइने

बुधबारदेखि नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय अनलाइनबाटै सञ्चालन भएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नभएसम्म वर्क फ्रम होमबाटै कार्यालय सञ्चालन हुने जानकारी दिएको हो ।

प्राधिकरणमा कार्यरत ८ जना बढी कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि वर्क फ्रम होमको व्यवस्था गरिएको हो ।

वर्क फ्रम होमबाट कर्मचारीहरु अनिवार्य रूपमा बिहान १० देखि साँझ ५ बजेसम्म अनलाइनमा बसी अफिस अटोमेसन सिस्टमबाट काम गर्नुपर्नेछ ।

यस्तो छ प्राधिकरणले जारी गरेको सूचना