कीवर्डहरू -

निषेधाज्ञाको समयमा अनलाइनबाटै शेयर कारोबार गर्न सकिने

निषेधाज्ञाको समयमा अनलाइनबाटै शेयर कारोबार गर्न सकिने

निषेधाज्ञाको समयमा अनलाइनबाटै शेयर कारोबार गर्न सकिने भएको छ । स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले एक सूचना जारी गर्दै विद्युतीय माध्यमबाट शेयर कारोबार र रापसाफ गर्न तयार रहेको जानकारी दिएको छ ।

स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले विद्युतीय माध्यमबाट रकम तथा मेरो शेयर (ईआईडिएस) मार्फत धितोपत्र भुक्तानी गर्न सक्ने व्यवस्थाको सुनिश्चितता गरेर मात्र कारोबारमा संलग्न हुने समेत अनुरोध गरेको छ ।

साथै बैंक खाता अद्यावधिक नभएको, समयमानै खरिद रकम भुक्तानी नगरेको, प्रणालीमा आउन सक्ने अनपेक्षित समस्या तथा कर्मचारीहरु संक्रमित भई निश्चित क्षमतामा मात्र कार्यालय सञ्चालन गर्नुपर्ने बाहेकका अवस्थामा समयमानै बिक्री रकम तथा खरिद धितोपत्र हस्तान्तरण गर्न कुनै समस्या नरहेको पनि जनाइएको छ ।