कीवर्डहरू -

ह्वावे डेभलपर कन्फेरेन्समा ६ इनोभेटिभ उत्पादन सार्वजनिक

ह्वावे डेभलपर कन्फेरेन्समा ६ इनोभेटिभ उत्पादन सार्वजनिक

ह्वावे डेभलपर कन्फेरेन्स (एचडिसि डट क्लाउड) २०२१ मा ह्वावेले छ वटा इनोभेटिभ उत्पादन र सेवाहरू प्रवर्तन गरेको छ ।

कम्पनीले ह्वावे क्लाउड सिसिई टर्बो क्लाउड कन्टेनर क्लस्टर, क्लाउडआईडिई इन्टेलिजेन्ट प्रोग्रामिंग असिस्टान्ट, गसडिबि (ओपनगसका लागि) डाटाबेस, विश्वासिलो इन्टेलिजेन्ट कम्प्युटिंग सेवा (टिआईसिएस), पंगु मोडल (विश्वको सबैभन्दा ठूलो चिनियाँ एनएलपि मोडेल र सिभि मोडेल सहित) र विविध कम्प्युटिंगको लागि पूर्वाधार सफ्टवेयर सार्वजनिक गरेको हो ।

यी छ उत्पादनहरूले दक्षता र गुणस्तरलाई नयाँ स्तरमा पु¥याई डेभ्लपरहरुलाई नयाँ आयामहरू तिर लाग्न मद्दत गर्दछ । ह्वावेले यस बर्षमा आफ्नो ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलरको लगानी पनि घोषणा गरेको छ ।

ह्वावे डेभ्लपर प्रोग्राम २.० मा भर्खरै घोषित ह्वावे क्लाउड पार्टनर इनोभेशन प्रोग्राम, कुन्पेग ओपनमाइन्ड प्रोजेक्ट र एसेन्ड ओपनमाइन्ड प्रोजेक्ट समावेश हुनेछ । यि भरिपूर्ण प्याकेजले ह्वावे क्लाउड, कुन्पेग र एसेन्डको वरिपरि रही लगातार मजबूत इकोसिस्टमलाई बढावा दिन मद्दत गर्नेछ ।

एचडिसि डट क्लाउड २०२१ चीनको शेन्जेनमा युनिभर्सिटी टाउनमा आयोजना हुन्छ । तीन दिने कार्यक्रममा किनोट स्पिचहरु, प्राविधिक शिखर सम्मेलन, प्रशिक्षण शिविर, कोड प्रयोगशाला, डेभ्लपर कार्निभल र एक विशेष किसिमको फोरम जसमा शिक्षक, युवा प्रतिभा र ह्वावे लुमिनरिज् सामेल भएको हुनेछ ।

यो कार्यक्रमले क्लाउड, एआई , कम्प्युटिंग र ओपन सोर्सका पछिल्ला ट्रेन्डहरू छलफल गर्न उद्योगको शीर्ष दिमाग, शिक्षाविद्को प्रतिभा साथै डेभ्लपर इकोसिस्टमका लिडरहरू एकै ठाउँ ल्याउँछ ।

रिचर्ड यू, ह्वावेका कार्यकारी निर्देशक र ह्वावेका क्लाउड बियू तथा उपभोक्ता व्यापार समूहका सीईआले कार्यक्रमको उद्घाटन एक किनोट स्पिचबाट गर्नुभयो । यूले भने, “२०२५ सम्ममा विश्वका १०० प्रतिशत उद्यमहरूले क्लाउड टेक्नोलोजीको प्रयोग गर्ने छन् । क्लाउड आईसीटी  उद्योगको भविष्य हो र उद्यमहरूको डिजिटल रूपान्तरणको आधार हो । डेभ्लपरहरू उद्योगको आत्मा हुन् । ह्वावेले आफ्नो टेक्नोलोजिकल इनोभेसन क्षमताहरू अगाडि ल्याउन जारी राख्नेछ र डेभ्लपर र साझेदारहरूसँग क्लाउड र ब्यापारिक इन्टेलिजेन्ट रूपान्तरणको गति बढाउनको लागि कार्य गर्नेछ । ”

क्लाउड नेटिभ र एआईका लागि ६ अभिनव उत्पादनहरू

क्लाउड नेटिभ र एआई टेक्नोलोजीहरूको विकास र प्रयोग भए संगै उद्योगहरूले अल–सिनारियो इन्टेलिजेन्समा स्तरवृद्धि गर्दैछ । तीन अवसरहरू देखा पर्नेछः अनुप्रयोग आधुनिकीकरण, डाटा संयोजन र एआई औद्योगिक विकास । ह्वावेका छ वटा नयाँ उत्पादनहरूले डेभ्लपरहरूलाई यस प्रक्रियाको दौरान अवसरहरूको लागि राम्रो स्थान लिन मद्दत गर्दछ ।

ह्वावे क्लाउड सिसिई टर्बोः ईन्टरप्राइज अनुप्रयोग इनोभेसनको गति बढाउने

कन्टेनर्राइजेसन एप्लिकेसन आधुनिकीकरणको लागि महत्वपूर्ण छ । कन्टेनरहरू इन्टरप्राइज कोर प्रणाली र इनोभेटिभ सेवाहरूमा व्यापक रूपमा प्रयोग हुने हुँदा उद्यमहरूको कन्टेनर प्रदर्शन, लचिलोपन र स्केजुलिङ क्षमताको अपेक्षाहरू बृद्धि हुँदै गइरहेका छन् । ह्वावे क्लाउड सीसीई टर्बोले कम्प्युटिंग, नेटवर्क र स्केजुलिङको गति बढाउँदछ ।

  • छरितो कम्प्युटिंगका लागि सीसीई टर्बो उद्योगमा केवल एक मात्र कन्टेनर क्लस्टर हो जसले शून्य नोक्सानका साथ सर्भर स्रोत वा प्रदर्शनको पूर्ण कन्टेनर कम्पोनेन्ट अफलोड लाई फिचर गर्दछ । यस विशेषताले भिपिआईकिड, एक अग्रणी शिक्षण कम्पनीलाई ४० प्रतिशत सम्म अडियो र भिडियो सेवा प्रदर्शन सुधार गर्न मद्दत गर्दछ । यसले अनलाइन क्लासहरूमा शून्य फ्रेम फ्रीजको साथ प्रयोगकर्ताको अनुभवलाई कुनै बाधा बिना चलाउँदछ ।
  • छरितो नेटवर्कको लागि सीसीई टर्बोको इनोभेटिभ कन्टेनर पास थ्रु नेटवर्कले दुई–तह नेटवर्कलाई एकल तह नेटवर्कमा रूपान्तरण गर्दछ । एण्ड–टु–एण्ड कनेक्सनमा समय आधा लाग्छ । यसको मतलब हजारौं कन्टेनरहरूको क्षमता विस्तार सेकेन्डमा गर्न सकिन्छ र लाटेन्सी ४० प्रतिशतले घटाएको छ । यसले चीनको अग्रणी सोशल मिडिया कम्पनी सिना कर्पलाई ट्राफिक बृद्धि सामना गर्न मद्दत पुर्‍याएको छ ।
  • छरितो स्केजुलिङको लागि सीसीई टर्बोले विभिन्न एप्लिकेसन मोडेलहरू र नेटवर्क टोपोलोजीहरू सेन्स गर्दछ । स्वचालित रूपमा कार्य तालिका नीतिलाई अनुकूलन गर्दछ र ठूलो स्केलमा हाइब्रिड डिप्लोयमेन्ट लागू गर्दछ र अफलाइन र अनलाइन सेवाहरूको इन्टेलिजेन्ट सेड्यूलिंग ठूलो–स्केलको समवर्ती तालिका क्षमताको आधारमा प्रति सेकंड १०,००० कन्टेनर लागू गर्दछ, ब्क्ष्–ड्रिभन इमेज र भिडियो प्रोसेसिङ विशेषज्ञता भएका चीनको शीर्ष इन्टरनेट उद्यमहरू मध्ये मेइतलाईु कन्टेनर क्लस्टरहरूको संसाधन उपयोग ४० प्रतिशतले सुधार गर्न मद्दत गर्दछ ।

ह्वावे क्लाउड आइडिई स् डेभ्लपरहरूको लागि एक इन्टेलिजेन्ट प्रोग्रामिंग सहायक

क्लाउड आइडिई ले डेभ्लपरहरूलाई एक हल्का र छिटो प्रोग्रामिंग अनुभव प्रदान गर्दछ, तिनीहरूलाई कुनै पनि समय, कहीँ पनि र कुनै पनि टर्मिनलमा इन्टेलिजेन्ट अनलाइन प्रोग्रामिंग गर्न सक्षम गर्दछ । यसले निम्न सुविधाहरूलाई समर्थन गर्दछ ।

  • स्मार्टएसिस्टको इन्टेलिजेन्ट कोड कम्प्लिसन टेक्नोलोजीका कारण नै क्लाउड आइडिई  ले सम्पूर्ण परिणामहरू फेला पार्न र सम्भावित परिणामहरू निर्धारण गर्न सक्दछ र बहु–प्रतीक र लामो परिणामहरूको शुद्धतामा सुधार गर्न सक्दछ ।
  • यसले जटिल संदर्भहरूको समाप्तिलाई र अस्पष्ट तेस्रो–पार्टी एपिआई पनि समर्थन गर्दछ ।
  • पुरानो, अप्रचलित र खतरनाक ब्एक्ष्क को सिफारिशलाई स्वचालित रूपमा वेवास्ता गरेर यसले तपाईंको कोडलाई अधिक बलियो र सुरक्षित बनाउँदछ ।

ह्वावे क्लाउड गसडिबि (ओपनगस को लागि) डेटाबेस क्लाउडमा उद्यम कोर डाटा सार्नको लागि एक विश्वसनीय विकल्प

एउटा उद्यमलाई साँच्चिकै क्लाउडमा जान र डेटा–संचालित बन्नको लागि एउटा महत्वपूर्ण चरण भनेको यसको डाटाबेसलाई क्लाउडमा सार्नु हो । परम्परागत डेटाबेस विपरीत, ह्वावे क्लाउड गसडिबि (ओपनगस का लागि० का निम्न तीन विशेषताहरू छन् ।

  • उच्च प्रदर्शन स् यसको ट्रान्जाक्सन प्रशोधन क्षमता उद्योगमा एउटै खाले उत्पादनहरुको तुलनामा ५४ प्रतिशत बढी छ र यसको जटिल क्वेरी लेटेन्सी समान उत्पादनहरु भन्दा ८२ प्रतिशत कम छ ।
  • अधिक लचिलो स् अधिक ट्राफिक भएको बेला कम्प्यूटिंग नोडहरु एकै मिनेटमा विस्तार गर्न सकिन्छ र स्टोरेज क्षमता पनि केही सेकेन्ड मै विस्तार गर्न सकिन्छ । विस्तार प्रक्रियाले सेवाहरूमा बाधा पुर्‍याउँदैन ।
  • उच्च उपलब्धतास् जब एउटा बिन्दुमा असफलता देखिन्छ, एकल स्विच टर्बो टेक्नोलोजी १० सेकेन्ड भित्र स्विचओवर सुनिश्चित गर्दछ (यसको समकक्षीहरूलाई लागेको आवश्यक समयको एक तिहाइ भन्दा कम समय लाग्ने) र जियो–रिडन्डान्ट डिआर क्षमता प्रदान गर्दछ ।

विश्वस्त इन्टेलिजेन्ट कम्प्युटिंग सेवा (टिआईसिएस): सुरक्षा सुनिश्चित संगै डाटा अनलक गर्दै

उत्पादनको एक प्रमुख कारकको रूपमा डाटाको भ्यालु अधिक बढाउन डाटा फेक्जीबल तरिकाले प्रवाह हुन पर्दछ । जे होस् वास्तविकतामा खुलापन, साझेदारी र सर्कुलेसन महसुस गर्न अझै गाह्रो हुन सक्छ ।

ह्वावे क्लाउड टिआईसिएस  ले सुरक्षित डेटा प्रवाह र डाटा भ्यालु अधिक बढाउन सक्षम पारेर डाटाको इनोभेटिभ र रूपान्तरित अनुप्रयोगहरूको लागि सुरक्षा प्रदान गर्दछ । यससँग निम्न सुविधाहरू छन् ।

  • बहु–पार्टी एकजुट डाटा अन्वेषण र मोडेलिङको आधारमा यसले गोप्य डाटालाई उचित ठाउँमा राखेर, डाटा प्रयोगयोग्य तर अदृश्य राखदछ ।
  • एक एकजुट एआई एल्गोरिदम र होमोर्मोफिक इन्क्रिप्शन एल्गोरिदम, सहयोगी अप्टिमाइजेसनको लागि प्रयोग गरिन्छ । उदाहरणको लागि, इन्क्रिप्टेड डाटाको ब्याच कम्प्युटिंग मोडेल प्रशिक्षणको  बेला गरेर एक्सेलेटर कार्ड बिना प्रशिक्षण प्रदर्शन दस गुणा सुधार गर्दछ ।
  • यसले कन्भर्सन बिना नै केहि बिग डाटा एप्लिकेशन सिनारियो अनुकूलन गर्दै सबैभन्दा बढी प्रयोग गरिएको डाटा स्रोतहरूको साथ अन्तरक्रियालाई सहयोग गर्दछ ।

ह्वावे क्लाउड पंगु मोडलस् विश्वको सबैभन्दा ठूलो चिनियाँ एनएल्पी मोडल र भिजन पूर्व–प्रशिक्षित मोडल समावेश

एआई उत्पादकताको नयाँ चालक बन्न पुगेको छ तर एआईको उत्पादकत्वको पूर्ण क्षमतालाई गम्भीरतापूर्वक रोक्दै एआई विकास अझै प्राथमिक अवस्थामा छ ।

प्रि–ट्रेनिंग डाउनस्ट्रीम फाइन–ट्यूनिङूको औद्योगिक एआई विकास मोडेलमा आधारित पंगु मोडेलले विस्तृत उद्योगहरूमा एआईको गति प्रदान गर्दै छ र समावेशी एआईलाई वास्तविकता बनाउँदैछ ।

यो सँग तीन विशेषताहरू छन्ः मजबूत सामान्यीकरण क्षमता, सानो–नमूना शिक्षा र उच्च मोडेल शुद्धता । एकल मोडल धेरै जटिल उद्योगको  परिदृश्यहरूमा लगाउन सकिन्छ र सानो संख्याको नमूनाहरू भए पनि उच्च शुद्धता प्राप्त गर्न सक्दछ ।

यो क्यान हेटेरोजिनियस कम्प्यूट आर्किटेक्चर र माइन्डस्पोर  अल–सिनारियो एआई कम्प्यूटिंग फ्रेमवर्कको अन्तर्निहित अनुकूलनमा आधारित छ र प्रदर्शन र यसले उपयोगितामा महत्वपूर्ण सफलताहरूको प्रतिनिधित्व गर्दछ ।

पंगु मोडेलमा चार प्रकार समावेश रहेको छ जसले प्राकृतिक भाषा प्रसंस्करण(एनएल्पी), कम्प्युटर भिजन (सिभी) , बहु–मोडल मोडेलहरू र वैज्ञानिक कम्प्युटिंगको परिदृश्यहरूको आवश्यकतालाई सम्बोधन गर्दछ ।

भर्खरै जारी गरिएको पंगु एनएल्पी मोडेल उद्योगको पहिलो चिनियाँ एनएल्पी मोडेल हो जसमा सयौं अरबौं प्यारामिटर छ र पंगु सिभी मोडेल उद्योगको सबैभन्दा ठूलो सिभी मोडेल हो ।

चाईनिज लाङ्गवेज अन्डरस्टान्डिंग इभ्यालुएसन (क्लु० बेन्चमार्कमा पंगु एनएल्पी मोडेल क्लु को र्‍याङ्किंग, क्लु क्लासिफिकेसन र्‍याङ्किंग र क्लु मसिन रीडिंग र्‍याङ्किंगमा नम्बर १ को शिर्ष स्थानमा आएको थियो ।

इन्फ्रास्ट्रक्चर सफ्टवेयरः विविध कम्प्युटिंगलाई सक्षम पार्दै

क्लाउड इनोभेसन इन्फ्रास्ट्रक्चर सफ्टवेयर, रूट टेक्नोलोजीहरू जस्तै अपरेटिंग प्रणाली, डाटाबेस र मिडलवेयरको समर्थनमा निर्भर गर्दछ ।

ह्वावेले विविध कम्प्युटिंग पावर सक्षम गर्न र ह्वावे क्लाउड इनोभेसनलाई समर्थन गर्न अपरेटिंग सिस्टम, इन्टरप्राइज–ग्रेड डाटाबेस र अल–सिनारियो एआई कम्प्युटिंग फ्रेमवर्क सहितको एक सुसम्पन्न आधारभूत कम्प्युटिंग सफ्टवेयर सेट बनाएको छ ।

ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलर लगानी र ह्वावे क्लाउड पार्टनर इनोभेसन कार्यक्रमको सुरूवात

एचडिसि डट क्लाउड २०२१ मा ह्वावेले आफ्नो ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ र ह्वावे क्लाउड पार्टनर इनोभेसन प्रोग्राम, कुन्पेग ओपनमेन्ड प्रोजेक्ट र एसेन्ड ओपनमाइन्ड प्रोजेक्ट लगायतका पहलहरु शुरू गरेको छ ।

ह्वावे क्लाउड बियु र उपभोक्ता क्लाउड सेवाका अध्यक्ष झांग पिंगआनले भन्नुभयो कि सास र आईएसभि पार्टनरहरूलाई सक्षम बनाउन र क्लाउड स्रोतहरू, प्रविधि सक्षमता र व्यापार प्रवर्धन समर्थन प्रदान गर्न तिर ध्यान दिई ह्वावेले ह्वावे क्लाउड पार्टनर इनोभेसन कार्यक्रममा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने छ ।

कार्यक्रमले ६ प्राविधिक क्षेत्र ओगट्ने छ जसमा कन्टेनर÷माइक्रोसर्भिस, सास, बिग डाटा, एआई, भिडियो र इन्टेलिजेन्ट एज समेटिएको छ ।

२०१५ मा ह्वावे डेभ्लपर कार्यक्रमको सुचारु भएदेखि ह्वावे ओपन हार्डवेयर, ओपन सोर्स सफ्टवेयर, पार्टनर सक्षमता र प्रतिभा विकासको दर्शनमा प्रतिबद्ध रहेको जनाएको छ यसले निरन्तर समृद्ध उद्योग ईकोसिस्टम निर्माण गर्ने कार्य गर्छ । अहिले सम्म, ह्वावे क्लाउड, कुनपेग र एसेन्डले २.४ मिलियन डेभ्लपरहरू आकर्षित गरिसकेका छन् ।

ह्वावे क्लाउड  आईएएएस चीनमा नम्बर २ र विश्वमा नम्बर ५ को स्थानमा छ जसले गर्दा यो सबैभन्दा द्रुत बृद्धि हुने मेनस्ट्रिम क्लाउड विक्रेता बनेको छ । कुन्पेंग मदरबोर्डमा आधारित पार्टनर–सिप्ड उत्पादन २०२० मा कुल कुन्पेंग–आधारित उत्पादनको ढुवानी ५२ प्रतिशत रहेको थियो ।

तीन ओपल सोर्स समुदायहरु ओपनयुलर, ओपनगस र माइण्डस्पोर अपरेटिंग प्रणाली, डाटाबेस र एआई फ्रेमवर्क वरिपरि निर्मित छन् । यी समुदायहरू अब आकार लिई रहेका छन् र फस्टाइरहेका छन् । ह्वावेले चीनको शिक्षा मन्त्रालयसँग मिलेर प्रतिभा केन्द्रित शिक्षाको लागि एक इन्टेलिजेन्ट आधार निर्माण गर्न काम गरेको छ ।

हालसम्म, ह्वावेले चीनमा ७२ विश्वविद्यालयहरुसंग काम गरिरहेको छ । कम्पनीले १,००० भन्दा बढी कोर्सहरु प्रदान गर्दै छ र १,५०० भन्दा बढी शिक्षकहरुलाई प्रशिक्षण दिँदै छ ।

कम्पनीले आगामी पाँच बर्षमा ३ मिलियन विश्वविद्यालयका डेभ्लपरहरुलाई सफ्टवेयर विकास प्रशिक्षण प्रदान गर्ने योजना बनाएको छ ।

विश्वव्यापी डेभ्लपरहरूको लागि ह्वावेको आइसिटी पूर्वाधार व्यवसायको वार्षिक कार्यक्रम, ह्वावे डेभ्लपर कन्फेरेन्स  २०२१ अप्रिल २४ देखि २६, २०२१ सम्म चीनको दक्षिण तटमा रहेको शहर शेन्जेनमा आयोजना भएको थियो ।