कीवर्डहरू -

दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको नौं बुँदे निर्देशन, अनलाइन सेवालाई प्राथमिकता दिन आग्रह

दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको नौं बुँदे निर्देशन, अनलाइन सेवालाई प्राथमिकता दिन आग्रह

मुलुकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँगै निषेधाज्ञा जारी भएको अवस्थालाई ध्यानमा राख्दै अनलाइनबाट सेवा प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई नौ बुँदे निर्देशन जारी गरेको छ ।

प्राधिकरणले बुधबार सुचना जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाउनेदेखि वर्क फ्रम होम र अनलाइनबाट सेवा सुचारु गर्न सूचित गरेको हो ।

दूरसञ्चार सेवा अत्यावश्यक सेवाका रुपमा रहेको अवस्थामा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न प्राधिकरणले सबै सेवा प्रदायकलाई सुचित गरेको हो ।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थय सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रहवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अबलम्बन गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

सेवाग्राहीको आवतजावत सकेसम्म कम हुने गरी महशुल भुक्तानी लगायतका सेवाहरु याथसम्भव विद्युतीय माध्यमबाट गर्न गराउन प्रोत्साहन गर्न प्राधिकरणले सूचित गरेको छ ।

‘बैंक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरु सम्भवभएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्ने,’ प्राधिकरणले निर्देशन गरेको सूचनामा भनेको छ, ‘कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पर्क नुहने गरी कार्य गर्ने वातावरण मिलाउने र यसका लागि आवश्यकताका आधारमा वर्क फ्रम होम, सिफ्टवाइज वर्क लगायका उपाय अवलम्बन गर्ने ।’

सेवा प्रदायकहरुको सर्भिस सेनटरबाट हुन सक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्न झ्याल, ढोका खुला रािख सेनिटाइजरको व्यवस्था गर्न भनेको छ ।