कीवर्डहरू -

नील आर्मस्ट्रङसँगै चन्द्रमामा जाने अन्तरिक्षयात्री माइकल कोलिन्सको मृत्यु

एपोलो ११ मिसनमा गएका मध्ये अब एल्ड्रिन मात्रै जीवित छन् ।

नील आर्मस्ट्रङसँगै चन्द्रमामा जाने अन्तरिक्षयात्री माइकल कोलिन्सको मृत्यु
Credit: REUTERS

पहिलो अन्तरिक्षयात्राका पाइलट माइकल कोलिन्सको मृत्यु भएको छ । क्यान्सर रोगबाट पिडित एपोलो ११ का पाइलट कोलिन्सको ९० वर्षको उमेरमा बुधबार मृत्यु भएको हो ।

उनी सन् १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने तीन अन्तरिक्षयात्री नील आर्मस्ट्रङ र बज अल्ड्रिनसँगैका एक सदस्य हुन् ।

अन्तरिक्षयात्रामा माइकल कोलिन्सलाई चन्द्रमामा हिँड्ने अवसर भए पनि उनी एपोलो ११ बाट ओर्लिएका थिएनन् । कोलिन्स १९३० मा रोममा जन्मिएका थिए । कोलिन्स सन् १९६३ मा नासामा छानिएका थिए ।

एपोलो ११ मिसनमा गएका मध्ये अब एल्ड्रिन मात्रै जीवित छन् । उनी अहिले ९१ वर्षका भए । चन्द्रमामा पाइला टेक्ने पहिलो मानव निल आर्मस्ट्रङ्गको पनि सन् २०१२ मा मृत्यु भएको थियो ।