कीवर्डहरू -

निफका सबै फिल्म नेट टिभीमा देखाइने, कोरोना सम्बन्धी फिल्मलाई ५ सय डलर पुरस्कार 

निफका सबै फिल्म नेट टिभीमा देखाइने, कोरोना सम्बन्धी फिल्मलाई ५ सय डलर पुरस्कार 

कोरोना संक्रमणको दोस्रो लहरले निशेधाज्ञा घोषणाभएपछि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिस्पर्धी सबै फिल्महरुलाई नेट टिभीबाट देखाइने भएको छ ।

निफ महोत्सवब यही बैशाख २३ देखि २७ गतेसम्म गर्ने निर्णय गरिएको थियो । कोरोना संक्रमणपछि सरकारले निशेषाज्ञा घोषणा गरेपछि नीफका सबै कार्यक्रम अनलाइन मार्फत गर्ने गरिने भएको हो ।

सम्भब भएसम्मका गतिविधी अनलाइन गर्ने र महोत्सवमा सहभागी चलचित्रलाई नेट टिभीमा प्रर्दशन गर्ने निर्णय भएको महोत्सबका अध्यक्ष केपी पाठकले बताए ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बर्षेनी आयोजना गर्दै आएको निफ महोत्सब फागुन महिनमा गर्दै आएको थियो ।

फागुन महिनामा हुनुपर्ने उक्त महोतत्सबलाई बेशाख २३ देखि २७ सम्म गर्ने निर्णय गरिएको थियो ।

‘विश्वका कथाहरुको उत्सब’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराई अवार्ड वितरण गर्ने आयोजनकले जनाएको छ ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर र ट्रफी प्राप्त गर्नेछन् ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतब बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरको बाग्मती अवार्ड प्रदान गरिने छ ।

नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार र फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

यस महोत्सबको जुरी कमिटी र प्रोमो सार्वजनिक गरिएको छ ।