कीवर्डहरू -

अमेजनले सार्वजनिक गर्‍यो फायर एचडी टेन ट्याबलेट, बालबालिकाका लागि किड्स मोडेल उपलब्ध

अमेजनले सार्वजनिक गर्‍यो फायर एचडी टेन  ट्याबलेट, बालबालिकाका लागि किड्स मोडेल उपलब्ध

अमेजनले नयाँ फायर एचडी टेन ट्याबलेटका मोडेलहरु सार्वजनिक गरेको छ । अमेजनले प्लस र किड्स मोडेल पनि ल्याएको छ । यसले वेबमा सजिलैसँग स्ट्रीम गर्न, पढ्न र बाउजगर्न दिन्छ ।

किड्स मोडेलमा अझै बढि र्याम र ब्राइटनेस रहेको छ । ६ वर्ष देखि १२ वर्षका बालिबलिका लागि पनि अमेजनले फायर किड्स प्रो ट्याबलेट ल्याउने भएको छ । युवकहरुका लागि अमेजनले दुई ओटा अप्सन ल्याएको छ ।

एउटा भनेको १५० डलरमा आउने फायर एचडी टेनहो र अर्काे भनेको १८० डलरमाआउने फायर एचडी टेनप्लस रहेको छ । दुवैमा १०.१ इन्चको डिस्प्ले र फुल एचडी रिजोल्युसन रहेको छ । त्यस्तै यसमा अक्टाकोर २ गिगाहर्जको प्रोसेसर रहेको छ ।

यो ट्याबलेटले ६४ जिबीसम्मको स्टोरेज दिने गर्छ र यसको १२ घण्टाको ब्याट्री लाइफ रहेको छ । फायर एचडी टेनमा २ जिबी र्‍याम र फायर एचडी टेन प्लसमा ४ जिबी र्‍याम रहेको छ । फायर किड्स प्रो ट्याबलेट बालबलिकाको हातले झर्न सक्ने हुँदाविभिन्न रङगको सुरक्षात्मक केसका साथमा आउने गर्छ ।

यसमा वर्ष भरिका लागि अमेजन किड्स प्लसको प्याक पनि हुनेछ जसले बालबालिकालाई हुने २० हजार भन्दा बढि किताब, सिनेमा, टिभि शो र एप प्रदान गर्नेछ । यसमा ५ मेगापिक्सेलको रियर क्यामेरा र ३ जिबी र्‍याम हुने गर्छ ।

यो ट्याबले बलिबालिकालाई ईन्टरनेटमा पनि कन्टेन्ट फिल्टर गरेर देखाउने गर्छ । यसमा नयाँ फोर यु अप्सन पनि हुनेछ जसले बालबालिकालाई मिल्ने खालको कन्टेन्टहरु देखाउँछ । यो ट्याब मे २६ मा रिलिज हुनेछ ।