कीवर्डहरू -

एप्पलवाचको मद्दतले मास्क लगाएरै यसरी गर्नुहोस् आईफोन अनलक

एप्पलवाचको मद्दतले मास्क लगाएरै यसरी गर्नुहोस् आईफोन अनलक

एप्पलले नयाँओएस १४.५ अपडेट ल्याएसँगै मास्क लगाएरै आईफोन अनलक गर्न सकिने फिचर आएको छ । एप्पल वाचका प्रयोगकर्ताले घडी अन भएको बेलामा फेस आइडीको फिचर प्रयोग गर्न सक्छन् । मास्क लगाउँदा पनि फेस अनलकको फिचर प्रयोग गर्न सकिन्छ ।

त्यसपछि घडीमा आईफोन अनलक भएको नोटिफिकेसन आउने गर्छ । तर यो फिचरको प्रयोग कसरी गर्ने भनेर धेरैको मनमा परेको हुन सक्छ ।

यसका लागि पहिले फेस आईडी प्रयोग गर्ने आईफोन चाहिन्छ जसमा आईओएस १४.५ इन्स्टल गरिएको हुनुपर्छ । त्यस्तै एप्पल वाच सिरिज ३ वा वाचओएस ७.४ इन्स्टल गरिएको एप्पल वाच हुनुपर्छ । योसँगै वाईफाई एक्सेस र ब्लुटुथ पनि अन गरिएको हुनुपर्छ ।

अब एप्पल वाचको मद्दतले फेस मास्क लगाएरै आईफोन अनलक गर्न शुरूमा आफ्नो आईफोनमा सेटिङग एप खोल्नुपर्छ र त्यसपछि फेस आइडि र पासकोड भन्ने अप्सनमा थिच्नुपर्छ ।

यति गरेपछि आफ्नो पासकोड टाइप गर्ने र तलसम्म स्क्रोल गरेर अनलक विथ एप्पल वाच भन्ने फिचरमा जानुपर्छ। यति गरेपछि घडीको नामसँगै रहेको फिचरलाई अन गर्नुपर्छ । यही प्रक्रियाले फेस मास्क लगाएरै आईफोन अनलकगर्न सकिन्छ ।