कीवर्डहरू -

एप्पलले एम टू म्याक प्रोसेसर निर्माण गर्दै, यही वर्ष म्याकबुकमा प्रयोग गरिने 

एप्पलले एम टू म्याक प्रोसेसर निर्माण गर्दै, यही वर्ष म्याकबुकमा प्रयोग गरिने 

एमवान प्रोसेसरको सफलता पछि एप्पलले नयाँ एम टू म्याक प्रोसेसर निर्माण गर्न लागेको बताएको छ । यसलाई एप्पल सिलिकन चिप भनिन्छ । यो म्याकबुक कम्प्युटरमा यही वर्षको अन्तयमा प्रयोग भएर आउने अनुमान लगाइएको छ ।

निर्माण प्रक्रियामा रहेको एम टू चीप २०२१ को जुलाईदेखि ढुवानी गर्न सुरु गरिने बताइएको छ । चीप निर्माणमा कम्तिमा पनि तीन महिना लाग्ने अनुमान लगाइएको छ ।

यसमा एआई, सिपियू, जिपियू प्रोसेसर एकीकृत गरिएको छ । एप्पलले म्याकबुक एयर, म्याकबुक प्रो, म्याकमिनी, २४ इन्चको आईम्याक कम्प्यूटरलाई एमवान चिपसेटले पावर गरेको छ ।

दुईवर्ष भित्रमा एप्पलले इन्टेल चिप सेटको प्रयोग पूर्ण रुपले छाँडने लक्ष्य राखेको छ ।