कीवर्डहरू -

फेसबुकले ब्लक गर्याे ‘रिजाइन मोदि’ ह्यासट्याग, सो ह्यासट्यागमा १२ हजार पोस्ट रहेको

फेसबुकले ब्लक गर्याे ‘रिजाइन मोदि’ ह्यासट्याग, सो ह्यासट्यागमा १२ हजार पोस्ट रहेको

फेसबुकले ‘रिजाइन मोदि’ भन्ने ह्यासट्यागलाई अस्थायी रुपमा ब्लक गरिदिएको छ । फेसबुक प्रयोगकर्ताहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदिलाई पद त्याग्नका लागि यो ह्यासट्यागको सिर्जना गरेको हो ।

यो ह्यासट्यागको सर्च रिजल्टलाई फेसबुकमा भारत र अमेरिकाका लागि लुकाइएको छ । प्रयोगकर्ताले पनि केही दिन अघि मात्रै ट्वीटरले नरेन्द्र मोदिलाई आलोचना गरेको ट्वीट लुकाउँदा निन्दा गरेका थिए ।

मोदिले महामारी नियन्त्रणमा राम्ररी काम नगरेको भन्दै ट्वीटहरु लेखिएको थियो । फेसबुकका प्रवक्ताले ह्यासट्यागहरु अब ब्लक नरहेको र त्यो समस्या किन आएको थियो भनेर हेरिरहेको बताएका छन् ।

फेसबुकले पहिले ती ह्यासट्यागले कम्पनीको समुदाय नियमहरु उल्लघंन गरेकाले ब्लक भएको जनाएको थियो । फेसबुकका अनुसार अहिले सोही ह्यासट्यागमा १२ हजार पोस्ट रहेका छन् ।