निषेधाज्ञाको बेला भौतिक उपस्थितिभन्दा आफ्नो मोबाइल एप र कम्पनीले उपलब्ध गराएका भुक्तानी प्रणालीको प्रयोग गर्न इन्टरनेट सेवा प्रदायक भायानेटले सम्पुर्ण ग्राहकलाई अनुरोध गरेको छ ।
भायानेटले आफ्ना ग्राहकलाई भायनेट मोबाइल एप, बिल पेमेन्टको लागि विभिन्न मोबाइल वालेट, ग्राहकको सहयोगको लागि फेसबुक च्याट, इमेल, स्काइप, एसएमएस र विभिन्न कल सेन्टर उपलब्ध भएको जनाएको छ ।
भायानेटको मोबाइल एपबाट ग्राहकहरुले विभिन्न सेवाहरु लिनसक्नेछन् ।
जस्तो कि आफ्नो अकाउन्टको जानकारी लिन, अकाउन्ट नवीकरण गर्न, अनलाइनबाट बिल तिर्न, सपोर्ट टिकेट रिजिष्ट्रर गर्न सकिने कम्पनीले जनाएको छ ।
भायानेटको बिल तिर्न को लागि इसेवा, खल्ती, आईएमई पे, कनेक्ट आइपिएसलगायतका भुक्तानी सेवा प्रदायकहरु प्रयोग गर्न सकिने छ ।
अहिलेको विषम परिस्थितिमा भौतिक रुपमा सेवा उपलब्ध गराउन र उपकरण उपलब्ध गराउन गाह्रो हुने भएकाले सकेसम्म इन्टरनेट नेटवर्कमा भएका सामानलाई अनावश्यक रुपमा नचलाउन आग्रह गरेको छ । केवल, राउटर जस्ता सामानहरुलाई यताउता चलाउने, ठाउँ सार्ने काम नगर्न भनेको छ ।
‘हामीले राम्रो इन्टरनेट उपलब्ध गराउन सधै प्रतिवद्ध छौं,’ भायनेटले भनेको छ, ‘अहिलेको अवस्थामा ग्राहकहरु घरभित्र बस्ने, इन्टरनेट धेरै प्रयोग गर्ने भएकाले यसमा गुणस्तरमा केही फरक आउनसक्छ।’
यो निषेधाज्ञामा स्वास्थ्य मापदण्ड र सुरक्षाका उपायहरु अपनाएर आफ्नो सेवा उपलब्ध गराइरहेकोसमेत जनाएको छ ।
इन्टरनेट अत्यावश्यक वस्तुको रुपमा रहेकाले यो समय सेवा उपलब्ध गराउन आवश्यक रहेको उसको ठहर छ ।
यो कोरोना संक्रमणको अवस्थामा आफ्ना कर्मचारी र ग्राहकको सुरक्षाको लागि विभिन्न उपायहरु अपनाउन भनेको छ ।
उसले काउन्टरमा काम गर्नेहरुले अनिवार्य रुपमा मास्क र ग्लोभ्स लगाउन भनेको छ ।
अति आवश्यक भएर भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था नहुदासम्म घरबाट काम गर्न भनेको छ ।
कर्मचारी र ग्राहकको लागि हेन्ड सेनिटाइजर सजिलै उपलब्ध गराइएको छ । ग्राहकको लागि प्रत्येक सेवा केन्द्रमा सेनिटाइजर उपलब्ध गराएको छ ।
‘हामी ग्राहकको सुविधाको लागि सधै तयारी नै छौं,’ भायानेटले भनेको छ, ‘अहिलेको अवस्थामा कस्टमर सर्भिस सेन्टर, फोन सर्पोट, फिल्ड टेक्निकल सर्पोट सञ्चालनमा रहेका छन् ।’
यि ठाउँमा सीमितमात्र कर्मचारी उपलब्ध भएकोले भायनेटको मोबाइल एप प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ ।