कीवर्डहरू -

निषेधाज्ञामा ग्यापुले सुरु गर्‍यो फलफूल तरकारी तथा अत्यावश्यक बस्तुको नि:शुल्क डेलिभरी

निषेधाज्ञामा ग्यापुले सुरु गर्‍यो फलफूल तरकारी तथा अत्यावश्यक बस्तुको नि:शुल्क डेलिभरी

लोकप्रिय नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले निषेधाज्ञाको समयमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको नि:शुल्क होम डेलिभरी सुरु गरेको छ।

‘यो महामारीको समयमा उपभोक्तालाई भिडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्यावश्यक बस्तुको होम डेलिभरी सुरु गरिएको हो,’ ग्यापुका सँस्थापक ज्ञानेन्द्र खड्का थप्छन्, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन हामी लागिपरेका छौँ ।’

काठमाडौ उपत्यकामा २४ घण्टा भित्र  नि:शुल्क होम डेलिभरी गरिने खड्काले बताए। एक बर्ष अगाडी लकडाउनकै बेला जन्मिएको ग्यापुले सुरुवाती दिनमा कालिमाटी बजारको भन्दा सस्तो मुल्यमा तरकारी तथा फलफूल बेचेर छोटो समय मै उपभोक्ताको मन जितेको थियो।

‘कोरोना कहरमै जन्मेर विषम परिस्थितिमा उपभोक्ताको मन जित्न सफल भएका थियौं,’ खड्का भन्छन् 'फेरि हामिलाई उपभोक्ताको अफ्ट्यारोमा सहयोग गर्ने मौका जुरेको छ।’

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।