कीवर्डहरू -

सामसङको नयाँ ग्यालेक्सी बुक प्रो सार्वजनिक, एएमओएलईडी स्क्रीन प्रयोग

सामसङको नयाँ ग्यालेक्सी बुक प्रो सार्वजनिक, एएमओएलईडी स्क्रीन प्रयोग

सामसङ ग्यालेक्सी बुक प्रो सार्वजनिक गरेको छ । यसको सबैभन्दा आकर्षक फिचर भनेको डिस्प्ले स्क्रीन हो । यो ल्यापटप दुई बेग्लाबेग्लै आकारमा आउने गर्छ ।

ग्यालेक्सी बुक प्रोमा एएमओएलईडी स्क्रीन प्रयोग गरिएको छ । यसमा फोरके यूएचडी स्क्रीन प्रयोग गरिएको छ । यसले भाइब्रेन्ट पिक्चर क्वालिटी दिने गर्छ ।

सामसङले चार ओटा सेटिङ मोड दिन्छ जसले परफोरमेन्स, तापक्रम, पङ्खाको आवाज र ब्याट्री लाइफ निर्धारण गर्ने गर्छ ।

यसमा एघारौँ जेनेरेसनको इन्टेल कोर आई फाइभ वा आई सेभेन प्रोसेसर प्रयोग गरिएको छ । यो नयाँ सेटिङग फिचरले गर्दा ग्यालेक्सी बुक प्रोमा पङ्खाको स्पीड कम गरेर ब्याट्री पावर कम गर्छ ।

यो एक पटकको चार्जले सत्र घण्टासम्म टिक्न सक्छ । यसमा ६५ वाटको युएसबी सी प्रयोग गरिएको छ जसले गर्दा यो आधि घण्टामा ८ घण्टा चल्न सक्ने चार्ज हुन्छ । यसमा प्रयोग गरिएको चार्जर पहिले भन्दा ५२ प्रतिशत सानो छ र ३३ प्रतिशतले हल्का रहेको छ ।

यसमा सिक्रेट स्क्रीन भन्ने फिचर पनि रहेको छ जसले गुणस्तरीयता नघटाइकनै अरु छेउमा रहेकाले स्क्रीनमा के आईरहेको छ भनेर बुझ्न नसक्ने बनाइदिन्छ । त्यस्तै ग्यालेक्सी बुक प्रोले ब्लक रेकर्डिङ भन्ने फिचर दिन्छ जसले नचाहिएको बेला माइक्रोफोन र वेबक्याम बन्द गर्न सकिन्छ ।

यसमा थप सुरक्षाका लागि सेक्युरिटी एप पनि रहेको छ । यो सामसङको पहिलो फाइभ जी पिसि हो । यसको यसको १३.५ इन्चको एकदमै पातलो स्क्रीन रहेको छ ।  यसमा अपग्रेड गरिएको माइक्रोफोन पनि छ जसले आवाजलाई फिल्टर गर्छ । यो मे १४ देखि उपलब्ध हुन्छ ।