कीवर्डहरू -

कतै हामी ‘डिजिटल दुर्व्यसनी’मा फसिरहेका त छैनौं ? 

हामीमध्ये कतिले सुरक्षित इन्टरनेट प्रयोग गरेका छौं भनेर खोज्ने बेला भएको छ ।

कतै हामी ‘डिजिटल दुर्व्यसनी’मा फसिरहेका त छैनौं ? 

कोरोना भाइरसको माहामारीले संसारलाई अत्याइहेको छ र अझ केहि समय अत्याउने देखिन्छ । यसले व्यापार, व्यवसाय, उद्योगलगायत शिक्षा क्षेत्र नराम्ररी प्रभावित भइरहेका छन भने मानिसको जीवनशैली पनि फेरिएको छ ।

यसै बिच इन्टरनेटमा आधारित शिक्षा, व्यापार (ई–कमर्श) को बहस चुलिदै गएको छ । छिमेकी देशलगायत अन्य देशहरुले प्रविधिमा निकै फड्को मारिसकेको अवस्थामा हामी भने प्रविधिको प्रयोग  र यसको महत्व विपत्तिमा मात्र सम्झिने गरेको यथार्थ जागजहरै छ ।

ई–कमर्शको व्यवस्था राम्रो हुँदो हो त लकडाउनको समयमा पनि अर्थतन्त्रमा धेरै ह्रास हुन नदिन यसले सहयोग गथ्र्यो । साथसाथै कोरोनाको त्रासले घरमै थुनिएका मानिसलाई पनि निकै सहज हुन्थ्यो ।

त्यसरी कोरोना माहामारीले शिथिल भएको शिक्षा क्षेत्रलाई गतिशिल बनाउन ई–लर्निङ जस्ता प्रविधिले पक्कै सहयोग गथ्र्यौ तर देशभर इन्टरनेट पूर्वाधारको अभाव र डिजिटल साक्षरताको कमिले गर्दा हामीलाई अगाडी वढ्न कठिन भइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गएको माघमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुल जनसंख्याको ८४.०९ प्रतिशत मानिससँग इन्टरनेटको पहुँच छ । सन् २०११ सम्म ९ प्रतिशत  नेपालीमा मात्र इन्टरनेट पुहँच थियो ।
यसरी हेर्दा इन्टरनेटको प्रयोगमा निकै फड्को मारेका छौं। इन्टरनेटको प्रयोग तीव्र रुपले वढे पनि हामी हौसिहाल्नुपर्ने अवस्था भने पक्कै छैन ।

यसैबिच नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको  अवधारणा अगाडी सारेको छ । जस अन्तर्गत स्वास्थ्य, शिक्षा, कृषि पर्यटनलगायतका क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी समृद्धिको बाटोमा अगाडि वढ्ने लक्ष्य लिइएको छ ।

अव स्वभाविक प्रश्न उठ्न सक्छ, सूचना प्रविधिको उच्चतम प्रयोग गरी फाइदा लिन हामीसँग भएका इन्टरनेटका पूर्वाधार पर्याप्त छन् ? ईन्टरनेट पूर्वाधारको विकासमा ध्यान दिन धेरै ढिला भएन र ?

समस्या कहाँ छ ?

८४ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच निकै आशालाग्दो आँकडा भएतापनि यसलाई केलाएर हेर्ने हो भने झन्डै २२ प्रतिशतले मात्र अप्टिकल फाईवर वा केवल  माआधारित इन्टरनेट प्रयोग गर्छन भने ६१.४७  प्रतिशतले मोवाइल इन्टरनेटको प्रयोग गर्छन् ।

केवल वा अप्टिकल फाइबरको बिस्तार ग्रामिण क्षेत्रसम्म नहुनु र सेवा शुल्क निकै महँगो हुँदा धेरै जनताहरु इन्टरनेटको लागि मोबाइल मै भर पर्नु परेका छ ।

आम मानिसलाई प्रविधिको प्रयोग विश्वास तुल्याउन राज्यले साइबर सुरक्षा क्षमता अभिवृद्धिमा ध्यान दिनु आवश्यक छ भने प्रयोगकर्ताहरुमा पनि सचेतनाको उत्तिकै जरुरी  छ ।

अब कुरा आउछ इन्टरनेट प्रयोग गरिरहेकाले पनि इन्टरनेटलाई आफ्नो जीवनशैली र अर्थोपार्जनलाई सकारात्मक दिशातिर बढाउनको निमित्त प्रयोग गरिरहेका छन् कि इन्टरनेट भनेको फेसबुक मात्र हो भन्ने बुझाइले पारिवारिक कलहदेखि फेक न्युजको सिकार भइरहेका छन ।

एउटा किसानले आफ्नो खेती सम्वन्धि जानकारी इन्टरनेटबाट लिन र दिन सकेको खण्डमा, एउटा बिद्यार्थीले इन्टरनेटको प्रयोग गरी आफ्नो ज्ञानको दायरा फराकिलो बनाउन सकेको खण्डमा ईन्टरनेटको साथर्कता रहनेछ । नत्र भने इन्टरनेट डिजिटल दुर्व्यसनीको रुपमा स्थापित हुने खतरा छ ।

इन्टरनेट प्रयोगमात्र गर्छु भन्नु र इन्टरनेटको सुरक्षित तरिकाले प्रयोग गर्नुमा निकै भिन्नता छ । डिजिटल पेमेन्ट तथा इन्टरनेटको माध्यमबाट हुने अपराधमा भइरहेको वृद्धिले झन इन्टरनेटको सुरक्षित प्रयोगको महत्व झल्काइदिएको छ ।

इन्टरनेटमा पहुँच भएकामध्ये कति प्रतिशत जनता सुरक्षित रुपमा इन्टरनेटको प्रयोग गर्ने सक्षम छन् भनेर हामीले खोज्नु पर्ने बेला आएको छ ।

भौगोलिक विकटता भएका दुर्गम भेगसम्म इन्टरनेटको पँहुच बिस्तार गर्नुपर्ने चुनौती छ भने अर्कोतिर यसको सुरक्षित प्रयोगमा उतिकै  ध्यान पुर्याउनु आवश्यक छ ।

यसरी घटाआंै डिजिटल डिभाइड

ग्रामिण दूरसञ्चार विकास कोष मार्फत अप्टिकल फाइबर बिस्तारका आयोजना अगाडि बढिरहनु सुखत सुरुवात भएता पनि भौगोलिक विकटताका चुनौतीले सबै इलाकामा अप्टिकल फाईवर पु¥र्याउने योजना कठिन हुनसक्छ ।

भौगोलिक विकटताको समस्यालाई सामना गर्न अप्टिकल फाईबरको विकल्पको रुपमा स्याटालाइट कनेक्टिभिटी र माईक्रोवेव पूर्वाधार विकासलाई पनि सँगसँगै अगाडि बढाउँदा व्रोडव्याण्ड बिस्तार निकै  सहज हुनसक्छ ।

ईन्टरनेट मानव जीवनको अभिन्न अंग बनिसकेको खण्डमा सुरक्षित रुपमा  इन्टरनेट कसरी प्रयोग गर्ने भन्ने कक्षाहरु संचालन गर्नुपर्ने बेला आएको छ ।

ग्रामिण दूसञ्चार विकास कोषमार्फत स्थानीय समुदायिक रेडियोको सहयोगले यस्ता शिक्षा ग्रामिण भेगसम्म पु¥याउन सके इन्टरनेट मानिसको जीवनशैलिलाई सकारात्मक दिशातर्फ अगाडी बढाउने माध्यमको रुपमा साबित हुनेछ । सरकारी निकाय, अस्पताल, विद्यालयलगायतमा सूचना संचार तथा प्रविधिको उच्चतम प्रयोग गर्न अभिप्रेरित गर्न सकेको खण्डमा यसले डिजिटल अर्थतन्त्रको सपनालाई साकार पार्न टेवा पुर्याउछ ।

यसका लागी सूचना प्रविधिको उपलब्धता, पँहुचलाई बढाउँदै लागतलाई घटाउनु आवश्यक छ । ग्रामिण क्षेत्रमा सेवा दिन तत्पर इन्टरनेट प्रदायकलाई कर लगायतका कुरामा छुट दिन सके डिजिटल डिभाइडलाई साँघुरो बनाउदैं लैजान सकिन्छ ।

अब हामिले लोकल कन्टेन्ट डेभलपमेन्टमा पनि ध्यान दिनु आवश्यक छ । पिछडिएका समुदायलाई सूचना प्रविधिको प्रयोगमा सहजता पुर्याउन ईन्टरनेटको सर्वसुलभताको साथ साथै ईन्टरनेट सामाग्रीहरु स्थानीय भाषामै उपलव्ध गराउन उतिकै आवश्यक छ ।

प्रायः जसो इन्टरनेट कन्टेन्टहरु र एपहरु अग्रेजी भाषामा मात्र सिमित रहदा चाहाना भएर पनि ठूलो जमात सूचना प्रविधिबाट  अलग बस्न वाध्य भएका छन ।

प्रायः जसो इन्टरनेट कन्टेन्टहरु र एपहरु अग्रेजी भाषामा मात्र सिमित रहदा चाहाना भएर पनि ठूलो जमात सूचना प्रविधिबाट  अलग बस्न वाध्य भएका छन ।

साइबर सुरक्षामा जोड दिन आवश्यक

बेलाबेलामा भइरहने डाटा लिक र वेबसाईट ह्याक जस्ता गतिविधिले सूचना प्रविधिको प्रयोगले कतै व्यक्तिगत गोपनियता भङग हुने त हैन भन्ने संकोच राख्न प्रयोगकर्ताहरु वाध्य छन् ।

अर्कोतर इन्टरनेटमा गरिने आर्थिक कारोबार कति सुरक्षित भन्ने प्रश्न यथावत छ । आम मानिसलाई प्रविधिको प्रयोग विश्वास तुल्याउन राज्यले साइबर सुरक्षा क्षमता अभिवृद्धिमा ध्यान दिनु आवश्यक छ भने प्रयोगकर्ताहरुमा पनि सचेतनाको उत्तिकै जरुरी  छ ।

नेपालको सन्दर्भमा इन्टरनेट, टेलिफोन र बैंकिङ सेवा प्रदायक कम्पनीहरु आफ्नो बजार बिस्तारमा आक्रमक तरिकाले लाग्ने तर त्यो अनुपातमा डाटा र नेटवर्क सुरक्षाको निम्ति लगानी गर्न तत्पर नरहनुले पनि केहि समस्या निम्त्याएको सर्वविदितै छ ।

विश्वमै साइबर सुरक्षामा काम गर्ने जनशक्ति  अभाव हुँदै गहिरहेको परिप्रेक्षमा साइबर सम्वन्धी काम गर्ने जनशक्ति उत्पादनमा प्रशय दिदै अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकतामा राख्न सकेमा इन्टरनेटको माध्यमबाट हुने अपराधलाई घटाउन सकिन्छ ।

यसरी सूचना प्रविधिको सबै आयमहरुलाई सुदृढ गर्दै एउटा राम्रो डिजिटल इकोसिस्टम बनाउन सके कोरोना जस्ता माहामारी र निकट भविष्यमा आईपर्ने विपद्हरुको सामना गर्न निकै सहज हुनेछ ।

(इन्जिनियर कार्की नेपाल ईन्जिनियरिङ कलेजका उपप्राध्यापक हुन्)