कीवर्डहरू -

पहिलो त्रैमासिकमा ह्वावेद्वारा १५२.२ बिलियन युआन राजस्व संकलन

पहिलो त्रैमासिकमा ह्वावेद्वारा १५२.२ बिलियन युआन राजस्व संकलन

ह्वावेले सन् २०२१ को पहिलो त्रैमासिकको लागि आफ्नो व्यापार परिणामको घोषणा गरेको छ । पहिलो त्रैमासिकमा ह्वावेले १५२.२ बिलियन युआन राजस्व संकलन गरेको छ, जुन वार्षिक रुपमा १६.५ प्रतिशतले घटेको हो ।

नोभेम्बर २०२० मा अनर स्मार्ट उपकरण ब्रान्ड बेचेको परिणामस्वरूप उपभोक्ता व्यवसायको राजस्व घटेको छ भने आफ्नो नेटवर्क व्यवसायले स्थिर रुपमा बृद्धि गरेको हो ।

ह्वावेले कुल नाफा मार्जिन ३.८ प्रतिशत पोइन्ट वार्षिक ११.१ प्रतिशतमा बृद्धि भएको छ । जुन कम्पनीको संचालन र व्यवस्थापन दक्षताको सुधारका लागि चलिरहेको प्रयास साथै ६०० मिलियन अमेरिकी डलरको रोयल्टी आयको परिणाम पनि हो ।

‘२०२१ हाम्रो लागि अर्को चुनौतीपूर्ण वर्ष हुनेछ तर यो फेरी हाम्रो भावी विकास रणनीतिले आकार लिने वर्ष हुनेछ,’ ह्वावेका रोटेटिंग अध्यक्ष एरिक झुले भने, ‘हामी हाम्रा ग्राहकवर्ग र साझेदारहरूको निरन्तर विश्वासका लागि धन्यवाद दिन्छौं । जस्तोसुकै चुनौती आए पनि हाम्रो व्यापारलाई बलियो राख्नेछौं । केवल टिकाउको लागि मात्र नभई दिगो रूपमा कार्य गर्नेछौं । सँधै जसरी हामी हाम्रा ग्राहकहरुको आवश्यकतामा ध्यान दिनेछौं र व्यावहारिक व्यापार भ्यालु प्रदान गर्न जारी राख्ने छौं ।’

ह्वावे ५जीको भ्यालु पूर्णरूपमा अगाडि ल्याउने कोशिस गर्दै छ । यसले विश्वभरका क्यारियरहरूलाई उपभोक्ता र उद्योगहरूको मागहरू एकसाथ पूरा गर्दै उनीहरूको फाइभजी नेटवर्क रोल आउट गर्न मद्दत पुर्याइरहेको छ जहाँ यसले डेलिभरी दक्षता बढाइरहेको छ ।

यसले आफ्नो सफ्टवेयर इञ्जिनियरिंग क्षमताहरू सुधार गर्न र सफ्टवेयर क्षेत्रमा लगानी बढाउने क्रम जारी राख्दछ र क्रमिक रूपमा यसको कुल राजस्व मिक्समा सफ्टवेयर र सेवाहरूको अनुपात वृद्धि गर्दछ ।

‘हामी बजारमा प्रतिबन्धको कारण आएको चुनौतीहरूको निरन्तर सामना गर्ने भएको हुँदा सधैं जस्तै हामी प्राविधिक इनोभेसन र आरएण्डीमा धेरै लगानी गर्न प्रतिबद्ध छौं,’ झुले भने, ‘हामी आधारभूत विज्ञानमा निरन्तर सफलता हासिल गर्ने छौं र टेक्नोलोजीको सीमालाई अगाडि बढाउने छौं ।’