कीवर्डहरू -

आरबीबी मोबाइल बैंकिङ महामेलामा ९ जना विजयी, थाइल्याण्ड भ्रमणदेखि मोबाइल फोनसम्म पुरस्कार

आरबीबी मोबाइल बैंकिङ महामेलामा ९ जना विजयी, थाइल्याण्ड भ्रमणदेखि मोबाइल फोनसम्म पुरस्कार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलामा ९ जना विजयीहरुको नाम घोषणा भएको छ ।

एफवान सफ्टको सहकार्यमा संचालन भइरहेको ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका ९ जना विजयीहरुको नाम बुधबार घोषणा गरिएको हो ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइल्याण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाउन सफल भएका छन् ।

यसैगरी, अन्य ८ जना तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एम०१ कोर ब्रान्डको १–१ थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा ‘आरबीबी मोबाइल बैंकिङ्ग’ महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ ।