कीवर्डहरू -

पेन्सन खाता नवीकरण गर्न अब ६-६ महिनामा बैंक जान नपर्ने

पेन्सन खाता नवीकरण गर्न अब ६-६ महिनामा बैंक जान नपर्ने

पेन्सन खाता नवीकरण गर्न अब ६-६ महिनामा बैंक जान नपर्ने भएको छ । सरकारले असार मसान्तसम्म खाता नवीकरण नगरी रकम प्रदान गर्ने निर्णय गरेसँगै पेन्सन खाता नवीकरण गर्न अब ६-६ महिनामा बैंक जान नपर्ने भएको हो ।

यो भन्दा अगाडि पेन्सन प्राप्त गरिरहेका व्यक्तिले हरेक ६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भएर आफ्नो खाता एक्टिभ अर्थात सक्रिय गर्नुपर्ने व्यवस्था रहेको थियो ।

तर सरकारले ६-६ महिनामा पेन्सन खाता नवीकरण गर्नु नपर्ने निर्णय गरेसँगै पेन्सन पाइरहेका सरकारी कर्मचारीलाई सहज हुने भएको छ ।