कीवर्डहरू -

यसरी गर्नुहोस इन्स्टाग्रामको अटो रिफ्रेस फिचरलाई बन्द 

यसरी गर्नुहोस इन्स्टाग्रामको अटो रिफ्रेस फिचरलाई बन्द 

फेसबुक अन्तर्गत रहेको इन्स्टाग्रामको स्वत रुपमा रिफ्रेस फिचरले सबै फिडहरुमा अपडेट रहन मद्दत पर्‍याउँछ । तर कहिले काँही यही फिचर झन्झटिलो पनि लाग्न सक्छ ।

कुनै पोस्ट हेर्दाहेर्दै अटो रिफ्रेस भएर हेरिरहेको पोस्ट पनि जान सक्छ जसले गर्दा प्रयोगकर्तालाई दिक्क लाग्न सक्छ । यो फिचरले प्रयोगकर्तालाई सिधै होम पेजमा लगिदिने गर्छ ।

यो फिचरले तपाईलाई दिक्क लगाईरहेको भए यसलाई अफ पनि गर्न सकिन्छ जसको लागि तपाईले तलको प्रक्रिया प्रयोग गर्न सक्नुहुन्छ ।

आईओएसमा

सर्वप्रथम सेटिङमा जाने त्यसपछि जनरल भन्ने अप्सनमा जाने र ब्याकग्राउण्ड एप रिफ्रेस भन्ने अप्सनमा गएर इन्स्टाग्राम एपको टगल अफ गर्नुपर्ने हुन्छ ।

एन्ड्रोइडमा

सर्वप्रथम आफ्नो एन्ड्रोइडको वाईफाई सेटिङमा गएर डेटा युसेज भन्ने अप्सन खोज्नुपर्छ । यति गरेपछि मोबाइल डेटा युसेज भन्ने फिचरमा क्लिक गर्नुपर्छ । त्यसपछि सूचीबाट इन्स्टाग्राम छान्ने र  ‘अलाऊ ब्याकग्राउण्ड डेटा युसेज’ भन्ने अप्सनलाई अफ गर्नुपर्ने हुन्छ ।