कीवर्डहरू -

फेसबुक मार्केटप्लेसका एक बिलियन प्रयोगकर्ता

फेसबुक मार्केटप्लेसका एक बिलियन प्रयोगकर्ता

फेसबुक मार्केटप्लेसका एक बिलियन प्रयोगकर्ता भएका छन् । फेसबुकले ईकमर्सको फिचर दिन थालेपछि प्रयोगकर्ताको सङ्ख्या बढेको हो ।

फेसबुकको ईकमर्स फिचरमा प्रयोगकर्ताहरुले आफ्नो सामान बेच्न र खरिद गर्न पाउँछन् । फेसबुकका सीईओ मार्क जुकरबर्गका अनुसार फेसबुकमा एक मिलियन भन्दा बढि ईकमर्स पसलहरु रहेका छन् र मासिक रुपमा २५० मिलियन ग्राहकहरुले पसलहरुसँग अन्तरक्रिया गर्ने गर्दछन् ।

जुकरबर्गका अनुसार ईकमर्सले महामारीको समयमा अझै धेरै प्रगति गर्न सफल भएको छ । ई कमर्स प्लेटफर्मको पूर्ण सेवा दिन फेसबुकलाई अझै केही समय लाग्ने उनले बताए ।

जुकरबर्गले व्यवसायीहरुलाई सिधै हवाटसएपमानै खुल्ने फेसबुक विज्ञापन किन्न मिल्ने फिचर पनि रहेको बताएका छन् । इन्स्टाग्रामले इन्फलुयेन्सरहरुलाई पनि एपमा आफ्नै पसल चलाउन दिने भएको छ  । फेसबुकले २६ बिलियन डलर आ्मदानी कमाएको छ जुन गत वर्ष भन्दा ४८ प्रतिशतले बढि हो ।