कीवर्डहरू -

नेटफ्लिक्समा सफ्फल प्ले फिचर आउँदै

नेटफ्लिक्समा सफ्फल प्ले फिचर आउँदै

नेटफ्लिक्सले सफ्फल प्ले फिचर ल्याउने भएको छ । यसले प्रयोगकर्ताको वाच हिस्ट्री याद गरेर प्रयोगकर्तालाई मनपर्न सक्ने शो आफै प्ले गरिदिन्छ । यो टूललाई प्ले सम्थिङ पनि भनिन्छ जुन अहिले टिभीका लागि रोलआउट भईरहेको छ र बिस्तारै मोबाइलमा पनि उपलब्ध हुनेछ ।

प्ले सम्थिङ बटन प्रयोगकर्ताको प्रोफाइलको तल हुनेछ । यो होमपेजको दसौँ पङ्क्तिमा पनि उपलब्ध हुने छ । त्यो बटनमा क्लिक गरेपछि नेटफ्लीक्सले आफ्नै तर्फबाट शोहरु देखाउन थाल्छ जसले गर्दा प्रयोगकर्ताले पनि सोका लागि मिहिनेत गर्नुपर्दैन् ।

यसमा कुनै नयाँ शो पनि हुन सक्छ वा हेरिसकेको शो पनि पर्न सक्छ । यसैमा प्ले समथिङ एल्स अप्सनको प्रयोग गरेर नेटफ्लीक्सलाई कुनै अर्काे शो देखाउन पनि भन्न सकिन्छ ।

यो फिचरबाट एक्जीट गरेर पहिले जसरीनै आफै शोहरु खोज्न सकिन्छ । स्क्रीन रिर्डरको फिचर प्रयोग गर्नेका लागि प्ले समथिङ फिचरमा टेक्सट टू स्पीच सपोर्ट पनि रहेको छ । यो फिचर नेटफ्लीक्सले प्रयोगकर्तालाई शो खोज्नमा धेरै समय नलगाइकनै शो हेर्न प्रोत्साहित गर्न ल्याएको हो ।