कीवर्डहरू -

टेलिग्रामले लञ्च गर्दै भिडियो कन्फेरेन्सिङ फिचर

टेलिग्रामले लञ्च गर्दै भिडियो कन्फेरेन्सिङ फिचर

टेलिग्रामले मेमा भिडियो कन्फेरेन्सिङ फिचर लञ्च गर्ने भएको छ । यसले प्रयोगकर्ताहरुलाई ग्रुप भिडियो कल गर्न दिनेछ ।

टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत प्याभेल डुरोभका अनुसार यो फिचरमा अरु भिडियो कन्फेरेन्सिङ एपहरु जस्तै खालको सबै फिचर हुनेछ जस्तै आवाज हटाउने फिचर, स्क्रीन सेयरिङ र मोबाइल,डेक्स्टप र ट्याबलेट सपोर्ट ।

कलहरु सबै इन्क्रिप्टेड हुनेछन् । यसमा वान अन वान कल पनि गर्न पाइनेछ र ग्रुप कल पनि गर्न पाइन्छ । टेलिग्रामले सन् २०२० मानै भिडियो कलको फिचर ल्याउने भनेको थियो तर त्यसमा केही ढिलाई भएको छ । प्रयोगकर्तालाई यो फिचरले सजिलो बनाउने कम्पनीको आश रहेको छ ।