कीवर्डहरू -

रोबोटबाट प्रधानमन्त्री ओलीले उद्घाटन गरे सूचना प्रविधि भवन

रोबोटबाट प्रधानमन्त्री ओलीले उद्घाटन गरे सूचना प्रविधि भवन

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि भवनको उद्घाटन गरेका छन् । शुक्रबार ओलीले भर्चुअल माध्यमबाट प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा बनेको सूचना प्रविधि भवन उद्घाटन गरेका हुन् ।

कोरिया सरकारको सहयोगमा बनेको भवन शुक्रबार रोबोटको प्रयोग गरी प्रधानमन्त्रीले ओलीद्वारा उद्घाटन गरिएको हो ।

कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको अनुदान सहयोगमा सूचना प्रविधो भवन निर्माण भएको हो।

कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि र सूचना प्रविधिकसँग अभ्यस्त गराउने तयारी छ ।

यो भवनमा इपुस्तकालय पनि राखिएको छ । जस अन्तर्गत पुस्तकालय प्रवर्द्धन प्रणालीमार्फत प्रयोगकर्ताहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य परियोजनाको छ ।

प्रतिष्ठानले विगत दुई दशकभन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम दिँदै आएको छ। हालसम्म ३३ हजारभन्दा बढी व्यक्तिले प्रतिष्ठानमार्फत् व्यावसायिक तालिम पाइसकेका छन्।

प्रतिष्ठानले विगत दुई दशक भन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तलिम दिँदै आएको छ । हालसम्म ३३ हजार भन्दा बढी व्यक्तिहरुले प्रतिष्ठानमार्फत व्यावसायिक तालिम पाइसकेका छन् ।