कीवर्डहरू -

अनलाईनमार्फत् लाखौं पैसा उठाएर आईपीएलको सट्टेबाजी गर्ने युवक पक्राउ

अनलाईनमार्फत् लाखौं पैसा उठाएर आईपीएलको सट्टेबाजी गर्ने युवक पक्राउ

अनलाईनमार्फत् आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा गौर नगरपालिका-१ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाईलसहित प्रहरीले पक्राउ गरेको छ ।

उनको यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा डायमण्ड इएक्सटिएच अनलाइनमार्फत् आइपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले अनलाईन मार्फत ४८ जनाको समूह बनाई सट्टेबाजी गरी १७ लाख ३९ हजार ६ सय ४० रुपैयाँ बराबरको सट्टेबाजी जुवा खेलाएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर जुवा खेल्न वा सट्टेबाजी गर्ने नहुने अन्तर्गतको कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।