कीवर्डहरू -

आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, को को बन्लान् आइसिटी अवार्ड विजेता

आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, को को बन्लान् आइसिटी अवार्ड विजेता

आज चौथो राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइदै छ । यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको भर्चुल कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

‘समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार' भन्ने नाराका साथ मनाउन लागिएको  यसपालीको आइसिटी दिवस कोरोन संक्रमणका कारण भर्चुअल रुपमा कार्यक्रम गर्न लागिएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गर्दै मानव जीवनलाई समृद्ध  बनाउने साधनका रुपमा सूचना प्रविधिको विकास एक महत्वपूर्ण आयाम बनेको उल्लेख गरेका छन् ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाउने कामलाई तीव्रता दिएको बताएका छन् ।

उनले हरेक क्षेत्रलाई सञ्चार तथा सूचना प्रविधिसँग जोड्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गरेका छन् ।

यस दिनको अवसर पारेर सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान दिने व्यक्ति तथा संस्थाहरुलाई विभिन्न विधामा आइसिटी अवार्ड दिदै आएको छ ।

मन्त्रालयका अनुसार आजको कार्यक्रममा पनि विभिन्न विधामा अवार्ड घोषणा गरिदै छ । सरकारले नेसनल आइसिटी एक्सिलेन्सी अवार्ड, नेसनल आइसिटी अवार्ड २०२१ (प्राइभेट सेक्टर), नेसनल आइसिटी अवार्ड २०२१ (पब्लिक सेक्टर) नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन) लगायतका विधामा अवार्ड घोषणा गर्ने कार्यक्रम छ ।