कीवर्डहरू -

सुबिसु केवल नेटका अध्यक्ष पराजुलीलाई नेसनल आइसिटी एक्सिलेन्सी अवार्ड

सुबिसु केवल नेटका अध्यक्ष पराजुलीलाई नेसनल आइसिटी एक्सिलेन्सी अवार्ड


यस वर्षको नेशनल आइसिटी एक्सिलेन्सी अवार्ड २०२१ बाट सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले प्राप्त गरेका छन् । उनी इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष पनि हुन ।  

सरकारले आइतबार आइसिटी अवार्ड–२०२१ का विजेताहरुको घोषणा गर्दै पराजुलीलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड–२०२१’बाट सम्मानित गरेको हो । 

नेपालमा इन्टरनेट सेवाका विस्तार तथ आइसिटी क्षेत्रको प्रवद्र्धनमा अग्रणी भूमिका खेलेको भन्दै पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

सन् २००१ मा ५ जना साथीहसँग मिलेर सुरु गरेको सुविसुले हाल १६ सय बढिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । 

पराजुली प्रविधि क्षेत्रमा नेपाली जनतालाई उच्च गतिको इन्टरनेटको पहुच पु¥याउन लागि परेका छन् । इन्टरनेटसँगै केवल टेलिभिजन प्रदान कम्पनीमा सुविसु पहिलो सेवा प्रदायक पनि हो । 

सुधिर पराजुली अहिले उद्योग वाणिज्य महासंघमा आइसिटी कमिटीका उपसभापति पनि छन् । 

नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धि नीति निर्माण गर्न पराजुलीको महत्वपूर्ण योगदान रहेको छ । नेपालमा नीजि क्षेत्रबाट अन्तर्राष्ट्रिय मापदण्डको पहिलो डेटा सेन्टर स्थापना गरि सफलतापुर्वक सञ्चालन उनी सफल भएका छन् ।