कीवर्डहरू -

नेसनल आइसिटी अवार्ड २०२१ (पब्लिक सेक्टर) महालेखा नियन्त्रक कार्यालयलाई 

नेसनल आइसिटी अवार्ड २०२१ (पब्लिक सेक्टर) महालेखा नियन्त्रक कार्यालयलाई 

महालेखा नियन्त्रक कार्यालय नेसनल आइसिटी अवार्ड २०२१ (पब्लिक सेक्टर)बाट सम्मानित भएको छ ।

सरकारले आइतबार आइसिटी अवार्ड २०२१ का अवार्ड विजेताहरुको घोषणा गर्दै सरकारी रकम भुक्तानी र प्राप्त गर्न डिजिटाइजेसन गरेको भन्दै महालेखा नियन्त्रक कार्यालय (एफसिजिओ) लाई नेसनल आइसिटी अवार्ड २०२१, पब्लिक सेक्टरबाट सम्मान गरिएको हो ।

डिजिटल नेपालको अभियानलाई सार्थकता दिन महालेखा नियन्त्रक कार्यालयको प्रयास सर्हानीय रहेको भन्दै उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।

महालेखा नियन्त्रक कार्यालयले सरकारको रकम भुत्तानी तथा प्राप्त गर्न डिजिटलाइजेसनको मापदण्ड तयार पारेको छ ।

महालेखाले ५ हजार २ सय सरकारी सस्थाहरुलाई अहिले डिजिटल पेमेन्ट सेवामा जोड्न सफल भएको छ भने बैंक र अन्य माध्यमबाट हुने सरकारी भुत्तानीको पनि एकै मापदण्ड अनुसार रकम प्राप्त हुने व्यवस्था गरेको छ ।