कीवर्डहरू -

प्रभु ग्रुपको भाइस प्रेसिडेन्ट कुशुम लामाले प्राप्त गरिन नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन)

प्रभु ग्रुपको भाइस प्रेसिडेन्ट कुशुम लामाले प्राप्त गरिन नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन)


प्रभु ग्रुपको भाइस प्रसिडेनट कुशुम लामाले यस वर्षको नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२१ (वुमन) प्राप्त गरेकी छन् ।

सरकारले आइतबार मुलुकको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशेष योगदान गरेको भन्दै लामालाई आइसिटी डे २०२१ को अवसरमा उक्त अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।

प्रभु ग्रुपको भाइस प्रेसिडेन्टको रुपमा रहेकी लामा यस ग्रुप अन्तर्गतका एक दर्जनबढि कम्पनी तथा संस्थाहरुको नेतृत्व गर्छिन् ।

सन् २०१३ मा फिन एक्सेस मार्फत मोवाइल मनि अपरेटरको कन्सेप्टमा आएको हेल्लो पैसादेखि अस्पताललाई प्रविधि मैत्री बनाउने मेडिफ्लो सिस्टमसम्म उनले नेतृत्व गरेकी थिइन ।

लामाको नेतृत्वमा डिजिटल फाइनान्स साक्षरताको विभिन्न अभियानहरु सञ्चालनमा छन ।