कीवर्डहरू -

नेसनल आइसिटी अवार्ड २०२१, प्राइभेट सेक्टर ह्वावे टेक्नोलोजिज नेपाललाई 

नेसनल आइसिटी अवार्ड २०२१, प्राइभेट सेक्टर ह्वावे टेक्नोलोजिज नेपाललाई 

ह्वावे टेक्नोलोजी नेपाल नेसनल आइसिटी अवार्ड २०२१ (प्राइभेट सेक्टर)बाट सम्मानित भएको छ ।

सरकारले आइतबार आइसिटी अवार्ड २०२१ का अवार्ड विजेताहरुको घोषणा गर्दै नेपालको सूचना तथा संचार प्रविधिमा विशेष योगदान गरेको भन्दै ह्वावे टेक्नोलोजीलाई ‘नेसनल आइसिटी अवार्ड २०२१, प्राइभेट सेक्टर’बाट सम्मान गरिएको हो ।

ह्वावे टेक्नोलोजीले नेपालमा २० वर्षदेखि सञ्चारको क्षेत्रमा विभिन्न किसिमले अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २००० मा नेपाल टेलिकम मार्फत दोश्रो पुस्ताको मोवाइल सेवा सञ्चालनमा ल्याउन कम्पनीले सहयोग गरेको थियो ।

भेन्डरको रुपमा ह्वावे नेपालले सन् २०१० मा एनसेलसँग थ्रिजी विस्तार र सन् २०१७ देखि नेपाल टेलिकमसँगको सहकार्यमा देशभरी फोरजी सेवा पुर्याउन महत्वपुर्ण योगदान दिएको थियो ।

देशको सामाजिक तथा आर्थिक रुपान्तरणको लागि उच्चस्तरिय प्रविधिको प्रयोग र टेक्नोलोजी ट्रान्सफरमा हुवावे टेक्नोलोजिज नेपालको योगदान महत्वपुर्ण रहेको सरकारको ठहर छ ।