प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त नेपालको सरकारी लक्ष्य हासिल गर्न नागरिक एप महत्वपूर्ण कडी हुने बताएका छन् । आईतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको असरमा बोल्दै कार्यक्रम प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
एपले नेपालको सार्वजनिक सेवा सुधारमा युगान्तकारी परिवर्तन ल्याउने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरे । सरकारी काम कारबाहीलाई छिटो छरितो र पारदर्शी बनाउन नागरिक एपले सहयोग पुग्ने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय आइसिटी दिवसको अवसरमा नागरिक एपको फुल भर्सन समेत सार्वजनिक गरेका छन् ।
हाल एपबाट स्थानी लेखा नम्बर लिन सकिने, बैक खाता खोल्ने सकिने, सवारी कर तिर्न सकिने, केवाईसी अद्यावधिक गर्न सकिने, पुलिस क्लियरेन्स रिपोर्ट लिन सकिन्छ ।
त्यस्तै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, स्वास्थ्य बीमा र शैक्षिक विवरण पनि हेर्न सकिने लगायतका सुविधा रहेका छन् । आगामी दिनमा अन्य सेवा पनि एपमा थप गर्दै लगिने ओलीले बताए ।