कीवर्डहरू -

४ विधामा सरकारले वितरण गर्‍यो नेसनल आइसिटी अवार्ड, क-कसले पाए ? 

४ विधामा सरकारले वितरण गर्‍यो नेसनल आइसिटी अवार्ड, क-कसले पाए ? 

सरकारले विभिन्न ४ विधामा नेसनल आइसिटी अवार्ड वितरण गरेको छ । आईतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा सरकारले ४ विधामा नेसनल आइसिटी अवार्ड वितरण गरेको हो ।

यस वर्षको नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१ सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले पाएका छन् । उनी इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष समेत हुन् । पराजुलीले सम्मान स्वरूप १ लाख रूपैयाँ नगद पाएका छन् ।

त्यस्तै नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१ (वुमन) प्रभु ग्रुपको भाइस प्रेसिडेन्ट कुशुम लामाले प्राप्त गरेकी हुन् । लामाले पनि सम्मान स्वरूप १ लाख रूपैयाँ नगद प्राप्त गरेका छन् ।

यस वर्षको नेसनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) बाट महालेखा नियन्त्रक कार्यालय सम्मानित भएको छ ।त्यसैगरी नेसनल आइसिटी अवार्ड २०२१ (प्राइभेट सेक्टर) बाट ह्वावे टेक्नोलोजिज नेपाल सम्मानित भएको छ ।