कीवर्डहरू -

विश्वको सबैभन्दा ठूलो प्लेनको दोस्रो उडान सफल

विश्वको सबैभन्दा ठूलो प्लेनको दोस्रो उडान सफल

स्ट्राटोलञ्चले बनाएको विश्वको सबैभन्दा ठूलो प्लेनको दोस्रो उडान सफल भएको छ । प्लेन ३ घण्टा १४ मिनेटसम्म उडेको थियो ।

यो विङ्गसप्यान भन्ने कम्पनीले बनाएको हो । यो प्लेन माजेभ मरुभूमिको माथि १४००० फिटमा उडेको थियो । गत वर्ष प्रथम परिक्षणमा यसले १७००० फिट उड्न सफल भएको थियो तर त्यतिखेर यो ४४ मिनेटमात्रै उडेको थियो।

यसले यो पछि पनि सफल रुपमा प्रयोग गर्न सकिन्छ भनेर पत्ता लगाइएको छ । यो प्लेनलाई हाईपरसोनिक भेईकल पनि भनिन्छ ।

यो अर्काे वर्षदेखि प्रयोगमा आउने कम्पनीले बताएको छ । यसलाई शैन्यका लागि प्रयोग गरिन सकिन्छ किनभने यसले एकैचोटि धेरै हतियार बोक्न सक्छ ।